तिप्लिङ न्यूज
मिति २०७७ बैशाख २८
काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं ६ का ६८ घर परिवारलाई नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले राहत वितरण गरेको छ ।
महाभारत गाउँपालिका वडा नं ६ मा पर्ने बनखु सल्लेनी गाउँमा रहेका ६८ घर परिवारलाई राहत वितरण गरिएको हो ।
नेपाल तामाङ कलाकार संघ प्रवास शाखा दक्षिण कोरियाका अध्यक्ष युनिक दोङ, सचिब मिलन दोङ र कोषाध्यक्ष ज्ञान लामाले संयुक्त रुपमा संस्थागत पहलमा राहात संकलन गरिएको जानकारी दिनुभयो ।
विश्व महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरसका कारण लकडाउन भईरहेको अबस्थामा संघले दुर्गम ठाउँ महाभारतमा राहत बितरण गरेको हो ।
उक्त राहत बितरणमा नेपालबाट नेपाल तामाङ कलाकार संघका कलाकार रमित लामा, बिजय थोकर र स्थानीय बासिन्द जगत मोक्तानले सहयोग गरेका थिए । राहातमा चामल , नुन , तेल , माक्स लगायतको दैनिक खानामा प्रयोग हुने सामाग्रि रहेको थियो।
यो विपतको अबस्थामा आफ्नो प्रवास शाखले एकदमै राम्रो काम गरेकोमा नेपाल तामाङ कलाकार संघनै खुशि रहेको अध्यक्ष संजिव वाईबाले जानकारि दिनुभयो ।
भिडियो स्वागत धुुुुुुुुलिखेल