तिप्लिङ न्यूज
मिति २०७७ बैशाख २३ मंगलबार
सिन्धुपाल्चोक

सिन्धुपाल्चाेक जिल्ला ईन्द्रावती गा. पा. वडा नं. ९ स्थित भाेटसिपामा हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा चण्डि पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ।

परापुर्बकाल देखि लाग्दै अाएकाे जाेगीडाँडा जात्रा मेला हाल बिश्वभर फैलिएकाे काेबिड -19 काेराेना भाईरसकाे कारण एसपालिकाकाे जात्रा मेला नलाग्ने भएको छ ।

२५ र २६ गते हुने पुजापाठ र जात्रामा मान्छेको भिडभाड हुने भिडभाड हुदा संक्रमणको सम्भावना बड्ने भयको हुुदा जात्रा र पुजापाठ दुबै नहुने जानकारी सबै वडा गा.पा. एवम सम्पुर्ण जिल्ला बासिहरुमा याे सुचना मार्फत जानकारी गरिएको सोही वडाका वडा अध्यक्ष बाबुराम लामाले जानकारि दिनुभयो ।

यो गम्भीर अबस्थामा भिडाभाड नगरिदिन र यसपलिको जोगिडाँडा जात्रामा नआएर घरमै बसेर सहयोग गरिदिनहुन सम्पूर्णलाई अनुरोध समेत गर्नु भएको छ ।गएको बर्ष बृहत् सांस्कृतिक कार्यक्रम सहित जोगिडाँडा मेला बृहत् रुपमा सम्पन्न गरेको थियो ।