तिप्लिङ न्यूज
मिति २०७७ बैशाख २१ आईतबार
बतासे, सिन्धुपाल्चोक

कोरोना भाईरस कोभिड -१९ को प्रत्यक्ष असर सबै जनजिवनमा परिरहदा चौतारा सांगाचोक गढि नगरपालिका वडा -३ बतासेले आफ्नो वडाका वासिन्दालाई राहात वितरण गरेको छ ।

वडाको पहलमा ९३ घरधुरिलाई २,३३,८०२ (दुई लाख तेत्तीस हजार आठ सय दुई रुपैयाँ ) बराबारको राहत वितरण गरेको वडा अध्यक्ष टेक बहादुर तामाङ (लोप्चन) ले जानकारी दिनु भयो ।

प्रति घरधुरि २५१४ (दुई हजार पाँच सय चौद) रुपैयाँ बराबरको राहतमा चामल एक बोरा (३०) किलो, तेल २ लिटर , दाल ३ किलो , नुन दुई प्याकेट , चिनि दुई किलो र हात धुनका लागि चार वटा साबुन वितरण गरिएको थियो ।

वडा स्तरिय विपद ब्यबस्थापन समितिले अती विपन्न बर्गको पहिचान गरि ३७०८ जनसंख्या भएको वडामा ६८० घरधुरि मध्य ९३ अति विपन्न दैनिक ज्यालादारि गर्ने र लकडाउनको अबस्थाम काम समेत गर्न नपाएकाहरुलाई राहत वितरण गरिएको नेपाल कम्युनिस्ट पार्टी चौतारा सांगाचोक गढि नगरपालिका वडा ३ का पार्टि अध्यक्ष रामकुमार लामाले बताउनु भयो ।

वडाको पहमा राहत वितरण गरिएपनि सबै दलका प्रतिनिध एवम बुद्धिजीवीहरुको उपस्थितिमा राहत वितण गरिएको थियो ।

राहत २०७७ बैशाख २० गते वितरण गरेको हो । वडा अध्यक्ष टेक बहादुर तामाङ भन्नु हुन्छ ” जस्तो सुकै परिस्थितिमा पनि आफु भोको भएपनि आफ्नो वडा बासिन्दालाई भोक्कै भने राख्दिन ।