तिप्लिङ न्यूज
मिति २०७६ फागुन १२ काठमाडौं

गायक जेबि जिम्बा र गायिका रोस्ना लुङबाको स्वरमा रहेको खान्दोके सेलो साईघरे नाम्सा भिडियो सहित बजरमा आएको छ ।

अडियिमानै निक्कै रुचाईएको यस गीतको भिडियो सहित बजारमा आउदा अझै धेरै स्रोता दर्शकले मन पराउने छन ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका बराम्चिमा छायांकन गरिएको भिडियोमा सुजल तामाङ , सागर लोप्चन, अभिनास तामाङ , सुजिना गोले , मिना ब्लोन , सुचना थोकर र कमेडि कलाकार करन लामाको अभिनय देख्न सकिन्छ ।

संजय जिम्बाले शब्द रचना गरेको गीतको संगित जेबि जिम्बा र संगित संयोजन जोगलाल लामाले गरेका हुन । सुर्य लामाले निर्देशन छायांकन सम्पादन गरेको भिडियोलाई जिग्मे मिडियाको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरेको हो । केही महिना अघि मात्र अडियोलाई ClickNepal युटुब बाट सार्वजनिक गर्दानै धेरै दर्शक स्रोताले रुचाएको गीत सफल हुनेमा निर्माण पक्ष ढुक्क छन ।
भिडियो https://youtu.be/dnUhFdlJg7k