तिप्लिङ न्यूज
मिति २०७६ माघ २२ काठमाडौं

कोहि भन्छन प्रेम जीवन हो कोहि भन्छन प्रेम कहिले नमेटिने घाउ हो । माया बैगुनि तर नभइ नहुने भनेझै प्रेम जिवनको सुन्दर पाटो पनि हो । हरेक बर्ष प्रनय दिवस आउछन कतिले नयाँ प्रेम कहानि सुवात गर्छन त कसैले नयाँ चोट पाउँछन् ।
प्रनय दिवसको अवसर पारेर गहिरो प्रेम सम्बन्धको वर्णन गर्दै `तिमी पुकार हौं´ बजारमा आएको छ।

गायिका स्मृति शाहि र गायक बिक्रम थापाको स्वरमा रहेको बिलकुलै नयाँ गीत तिमी
“पुकार हौं´´ युटुब मार्फत सार्वजानिक भयको हो।

भरपुर प्रेममा ढुबेर मन छुने गीतको शब्द रचना एवम संगित आदित्य बिक्रमले गरेका हुन भने संगित संयोजन भिशन मानन्धरले गरेका छन ।

श्रीमान श्रीमती बिचको मायालाई भिडियोमा उतारेका छन् । भिडियोको निर्देशन एवं सम्पादन अनुभवी निर्देशक सम्पादक दिपक तामाङले गरेका हुन् । भिडियोमा अमुल तामाङ र दुर्ग गोदरले उत्कृष्ट अभिनय गरेका छन् ।

भिडियोको छायांकन रामेश्वर जिरेलले गरेको हो भने पोस्ट प्रोडक्सन बिनि ईन्टरटेन्मेन्टको रहेको छ ।
भिडियोलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

भिडियो