तिप्लिङ न्यूज
मिति २०७६ माघ २२सिन्धुपाल्चोक

“घर घरमा लुङ्दार धर्ज्यु, तामाङको पहिचान, बिश्वमा चिनाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ तामाङहरुको ठुलो वस्ती बलेफी गाउँ पालिका वडा नं ३ धुस्कोटमा यहि माघ २४ गते शुक्रबार बृहत् धुस्कोट ल्होछार गेताङ हुने भएको छ ।

यस गाउँमा लगातार ५ वर्ष देखि ल्होछारलाई संयुक्त रुपमा मनाउदै आएको छ । संयुक्त रुपमा ल्होछारलाई प्रचारप्रसार गर्दै गर्ने क्रममा हाल गाउँ मै बिस्तारै बिस्तरै घर-घरमा, टोल टोलमा समेत ल्होछार मनाउने क्रम बढ्दै गएको कर्मडुप्ग्युलिङ गुम्बाका प्रमुख गुरु सोनाम धार्के लामाले जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले उक्त कार्यक्रममा ल्हाप्सो पुजापाठ पनि भएकोले उपस्थित गाउँलेहरुलाई प्रत्येकले खादा लिएर आउनुहुन समेत हार्दिक आग्रह गर्नुभएको छ ।

यो वर्षको उक्त कार्यक्रममा यहि ठाउँमा जम्न लिनुभएका अवतारी लामा गुरु गेशे रिन्पोछे पाल्देन गोन्पोवा छ्योक्टुल दोर्जेछ्याङ ज्युको प्रमुख आतिथ्यतामा ल्होछार बिशेष तथा बौद्ध धर्म सम्बन्धि प्रवचन समेत दिनुहुनेछ । त्यस्तै ख्यती प्राप्त कलाकारहरु गायक तथा संगितकार अनिस योन्जन, गायक प्रीतम गोले, गायक प्रदिप लामा, कलाकार रश्मिला तामाङ, कलाकार सुजिना गोले, कलाकार प्रेम गोले, कलाकार ईश्वर लामा, गायक निर्मल गोले र हाँस्यकलाकार कर्ण गोले लगायतको दमदार प्रस्तुती रहने छ ।

साथै उक्त दिनको बेलुका कान्छिमाया गोले द्वारा निर्मित तामाङ कथानक चलचित्र म्युङ पुजू को समेत प्रदर्शन गरिने भएकोले सबैमा उपस्थित भै कार्यक्रम सफल पार्न हार्दिक निमन्त्रणा गरिएको छ ।

खान्दोके सेलो