तिप्लिङ न्यूज

०७६ माघ २२ काठमाडौँ

२८५६ औं जिवा ल्हो सोनाम ल्होछारको अवसर पारेर गायक सन्तोष लामा वाईबाले ऐतिहाँसिक ल्होछार गीत बजारमा ल्याएको छ ।

१२ वटै ल्हो समेटि तयार पारिएको गीतको शब्द बुद्ध वीर लामाले लेखेका हुन भने संगित तथा संगित संयोजन भने बरिष्ठ संगितकार चन्द्र कुमार दोङले गरेको हो ।

गायक सन्तोष लामा वाईबाको स्वर रहेको उक्त गीतको भिडियोमा अमिर दोङ , चाँदनि मोक्तान, कुइसाङ रुम्बा, पदम दोङ, मोनिका लामा , अनिता नेगि ,  गोपाल तामाङ , कोपिला तामाङ , सुनिता तामाङ र अजय तामाङको अभिनय देख्न सकिन्छ ।  भिडियोलाई अमिर दोङलेनै निर्देशन सम्पादन गरेका हुन । रोशन फ्युबाले छायांकन गरेको यस गीतलाई स्वाधिन्ता लामा वाईबाले निर्माण गरेका छन ।

ल्होछारकै विषयको बारेमा चर्चा परिचर्चा गरि तयार पारिएको ऐतिहाँसिक ल्होछार गीतले बिस्तारै बजार लिदै गर्दा प्रशंसा गर्नेहरुको जमात भेटिएको छ।

गायक सन्तोष लामा वाईबाका उत्कृष्ट गितहरु युटुबमा भेट्टाउन सकिन्छ । लामो समय देखि विदेशमा रहेर आफ्नो कर्म संगै सांगीतिक जीवन अगाढि बढाइरहेका संघर्षरत गायक यति बेला नेपालमै रहेर सांगितिक जिवनलाई अझै तिब्र रुपमा अगाढि दौडाइरहेका छन ।

भर्खरै मात्र सार्वजनिक भयको ऐतिहाँसिक ल्होछार गीत यस्तो छ हेर्नुहोस पूरा भिडियो