तिप्लिङ न्यूज
मिति २०७६ पुस २९ काठमाडौं

नेपाल तामाङ सांस्कृतिक घेदुङकाे छैठाैं संघिय सम्मेलन सम्पन्न भएकाे छ । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङकाे प्रमुख आतित्थ्यतामा सम्मेलनकाे उद्घाटन भएकाे थियाे। उत्घाटन सत्र समापन पछि नेपाल तामाङ घेदुङको संघिय कार्यलको हलमा बन्द सत्र सुरूभएकाे थियाे ।

बन्द सत्रबाट सर्व सहमतिमा छेवाङ तेन्जिङ लामाकाे अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरेकाे छ । प्रमुख अतिथि राधिका तामाङले तामाङ समुदायमा अझैपनि नेतृत्व विकास नभएकाे हुनाले नै राज्यबाट उपेक्षामा परेकाे गुनासाे गर्नु भएकाे थियाे । नेवा-ताम्सालिङकाे सट्टा बाग्मती स्वीकार गर्न बाध्यकारी हुनुकाे मुख्य कारक तामाङ समुदायकाे कुनै पनि व्यक्ति निर्णायक तहमा पुग्न नसकेकाे कारणले पहिचान सहितकाे नामाकारण गर्न असफल भएकाे बताएकी थिइन् ।

समाजकाे एक दर्पण साँस्कृतिक पक्ष पनि भएकाे हुनाले नेतृत्व विकासकाे क्षमतालाई विकास गर्न सक्ने व्यक्तिहरूकाे जन्म हुन सफल हाेस् भन्दै सफलताकाे शुभकामना पनि दिनुभएकाे थियाे ।

निवर्तमान अध्यक्ष प्रेम लाे ले पनि नयाँ पदाधिकारीहरूले समाज रूपान्तरणका लागि अहम भुमिका निर्वाह गर्न सफल हाेस् भन्दै नयाँ अध्यक्षलाई कार्यभार सुम्पेकाे थियाे ।

नयाँ कार्य समिति –
अध्यक्ष : छेवाङ तेन्जिङ लामा,
उपाध्यक्ष : धावा वाङ्गेल लामा,
उपाध्यक्ष : सरोज लामा,
उपाध्यक्ष : उषा पाख्रिन,
महासचिव : दोर्जे ल्हो तामाङ,
सचिव : क्रन्ति योञ्जन,
सचिव : विशाल योञ्जन,
सचिव : आशिष डुम्जन,
कोषाध्यक्ष : रामकृष्ण लो,
संघीय सदस्य : योजम तामाङ (नवाकोट),
“” : जीवन बम्जन (ओखलढुंषा)
“” : बाबू जिम्बा (रौतहट),
: रन्जना तामाङ (काभ्रे) ,
: कुइसाङ रुम्बा (दोलखा),
: एम जि तामाङ (धादिङ),
: आस्मान लोप्चन (सिन्धुपाल्चोक)
: प्रितम कुमार तानाङ (सिन्धुपाल्चोक )
: विपना तामाङ
: सुमित्रा थिङ
: विवेक पाख्रिन
: रन्जित लामा
: कर्साङ लामा
: सुजन तामाङ
: ज्ञान सागर स्याङतान
: सर्मिला लामा
: सुक बहादुर लामा
: तुल्सि जिम्बा
: सुवास मोक्तान
: दोर्जे मोक्तान