तिप्लिङ न्यूज
मिति २०७६ पुस २८ काठमाडौं

सेलो गीत संगितमा राम्रो झुकाब र लगाब राख्ने गायक आस्मान लोप्चनको बिलकुलै नयाँ नेपाली तामाङ सेलो गीत बजारमा आएको छ ।

`यस्पालि त´ बोलको सेलो गीतको भिडियो सहित ClickNepal युटुब च्यानल बाट हालसालै सार्वजनिक गरिएको हो ।

आस्मान लोप्चनको आफ्नै शब्द तथा स्वर रहेको गीतमा संगित अनिस योन्जनले भरेका हुन भने संगित संयोजन सुन्दर लामा योन्जनले गरेका छन।

गीतको भिडियोमा आस्मान, प्रेम गोले , सुस्मा मोक्तान र नेमा तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ । काठमाडौंमै छायांकन गरिएको गीतको भिडियोमा निर्देशन एवम सम्पादन दिपक तामाङको रहेको छ ।

क्यामेरा/ ड्रोन र कलरिङ सुर्य लामाले गरेका हुन । भिडियो समग्रमा राम्रो बनेको छ । पछिल्लो चरण विशेषगरि मौलिक तामाङ सेलो खान्दोके सेलोमा जोड दिदै आफ्नो सांगीतिक भविष्य बनाईरहेका गायक आस्मानले युवाहरुलाई लछित गर्दै आधुनिक तामाङ सेलो यस्पालि त बजारमा ल्याएको बताउछन ।

आस्याङकि छोरी क्या राम्रि, बल्लपो तामाङको हुल उठ्यो , लेकमा जाँदा लेक लाग्ने , वाला वाला रिबन , नक्कलि कान्छि भेट भयो आज जस्ता गीतहरु स्रोता दर्शकले रुचाईएको गीत हुन गायक आस्मान लोप्चनको ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा सांगाचोकगढि नगरपालिका वडा -३ भुवागाउमा जन्मेका हुन आस्मान लोप्चन । गीत संगितमा नृत्य बाट सुरु गरि रेडियो संचारकर्मि हुँदै गायक बनेका आस्मान सिन्धुपाल्चोक जिल्लाको पहिलो तामाङ भाषाको समाचार वाचक समेत हुन ।

गीतको पूरा भिडियो हेर्नुहोस