तिप्लिङ न्यूज,
मिति २०७६ पुस २३ काठमाडौं

तामाङ कथानक चलचित्र “म्युङ पुजू” यहि माघे संक्रान्ति १ गतेका दिन राष्ट्रिय नाचघर जमलमा प्रीमियर शो मार्फत दर्शक माझ ल्याउने भएको छ । यो चलचित्र प्रेम गोले र ईश्वर लामाको प्रस्तुतिमा कान्छीमाया गोलेले निर्माण गरेको हो । डम्फु मिडिया प्रा.लि.को ब्यानरमा बनेको चलचित्रलाईअजय स्याङ्तानले निर्देशन गरेका हुन ।

केही समय अघिमात्र डम्फु मिडियाबाट ट्रेलर समेत सार्वजनिक गरिसकेका छन् । ट्रेलर हेर्दा चलचित्र उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ ।

चलचित्रमा प्रेम गोले , इश्वर लामा र सुस्मा मोक्तानको भुमिका प्रमुख देख्न सकिन्छ । दुई नायक एक नायिका चलचित्रमा उभिदा नायिका कास्को हुन्छिन त भन्ने कुरा चलचित्र हेरेपछि मात्र थाहा हुनेछ ।

बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै चलचित्रमा भुईसाल लामा, राजकुमार स्याङतान वीर बहादुर गोले(विजय) , डोल्मा वाईबा, अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

४ वटा गित समाबेश गरिएको यस चलचित्रमा संगितकार विशाल काल्तान, प्रयास दोङ रछेवाङ तेन्जिङ लामाको रहेको छ भने गीतमा स्वर विशाल काल्तान, जितु लोप्चन र छेवाङ तेन्जिङ लामाले दिएका छन । शब्द कुमार स्याङ्बा, एरेन्ज मिक्सिङ दिपेश प्रधानले गरेका हुन ।

ट्रेलर भिडियो :

तारेभुम