तिप्लिङ न्यूज
मिति २०७६ पुस १३ काठमाडौं

सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका धुस्कोटमा जन्मेका हुन सांचारकर्मि एवम गायक प्रितम तामाङ ।

धेरै समय अघि देखि मोडलिङ र पत्रकारितामा साक्रिय प्रितम तामाङले गायन क्षेत्रमा पनि हात हालेको हो । प्रितम गोल्चे सन्चार मिडिको सम्पादक समेत हुन ।

औपचारिक रुपमा गीत रेकर्डिङ भयर भर्खरै भिडियो सार्वजनिक भयतापनि प्रितमले केही बर्ष अघि देखिनै स्टेज कार्यक्रमहरुमा गीत गाउदै स्रोता दर्शकलाइ नचाउदै आईरहेका थिए ।

मोडलिङ र पत्रकारितामा राम्रो प्रभाव पारेका प्रितम तामाङको सांगीतिक भविष्य पनि उज्ज्वलनै देख्न सकिन्छ ।

भर्खरै मात्र सार्वजानिक भयको तारेभुम बोलको तामाङ सेलो ClickNepal युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । अनिल स्याङबो र गायक स्वयमको  शब्द रचना  रहेको गीतमा संगित भने अनिस योन्जनको रहेको छ  । सुन्दर लामा (योन्जन)को संगीत संयोजन रहेको गीत त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

दिपक तामाङको निर्देशनमा बनेको गीतको भिडियोमा ईश्वर लामा र दिप्ति गोम्जाको प्रमुख भुमिका देख्न सकिन्छ ।

बिक्रम मोक्तानको छायांकन सम्पादन रहेको भिडियोमा फुलमान गोले, कुइसाङ रुम्बा र कान्छिमाया गोले अतिथि कलाकारको रुपमा देखिन्छ ।

भिडियो समग्रमा उत्कृष्ट बनेको आम स्रोता दर्शकको प्रतिक्रिया रहेको छ । निरन्तर रुपमा गीत संगितमै जोडिरहने र अब चाँडैनै अर्को गीतको तयारि समेत गरिरहेको बताउछन संचारकर्मि एवम गायक प्रितम तामाङ ।

पूरा भिडियो हेर्नुस