तिप्लिङ न्यूज
२०७६ मंसिर २० सिन्धुपाल्चोक

हरेक बर्षझै यो बर्ष पनि देविथान मेला, बृहत् सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न हुने भयको छ ।

देविथान सुधार युवा समाजको आयोजनामा देविथान मेलालाई प्रबर्द्धन गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

धार्मिक आस्था र विश्वास रहेको दविथानमा हरेक बर्ष धान्य पुर्णिमाको दिन मेला लाग्ने गर्दछ ।
रात्रिकालिन मेलामा भक्तालुजनलाई रमाईलो दिने उदेश्यले सांस्कृतिक एवम DJ सांझ गर्न लागिएको कार्यक्रम संयोजक जेबि जिम्बाले जानकारि दिनु भयो ।

मंसिर २६ गते जुगल गाउँ पालिका वडा नम्बर ५ बराम्चि देविथानमा हुने कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुकोको बेजोड सांस्कृतिक प्रस्तुति रहने छ ।

कार्यक्रममा गायक प्रकाश तामाङ , गायक आस्मान लोप्चन , गायक जेबि जिम्बा , गायक तथा संचारकर्मि प्रितम तमाङ , गायक ओम तामाङ , गायिका पुजा तामाङ , गायिका रोस्ना लुङबा , गायक सन्देश लामा , गायक तेज थिङ , कलाकार सुजल तामाङ, सुरेस लामा, बिनिशा तामाङ , बिनिता तामाङ, निमा पाख्रिन र सृजना गोलेको प्रस्तुति रहने छ । कार्यक्रमलाई उत्घोषिका रुप जिम्बा र नुमा पाख्रिनले संचालन गर्ने छन । कार्यक्रम दिनको १ बजे बाट सुरु हुनेछ।