तिप्लिङ न्यूज
०७६ मंसिर ६ गते काठमाडौं
आस्मान तामाङ

नेपाल तामाङ कलाकार संघको आयोजनामा तामाङ सेलो संगित तथा तामाङ खाना महोत्सव हुने भयको छ ।

२०७६ मङ्सिर २७ र २८ गते तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सव हुने नेपाल तामाङ घेदुङको संघिय कार्यलय काठमाण्डौमा एक पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो ।

‘महोत्सवको मुल उदेश्य भनेको तामाङ जातिको मौलिक पहिचानलाई जोगाउनु हो । महोत्सवमा , डम्फु र टुङना, तामाङ भाषाका भाकाका गीतहरु जस्तै फापरे सेलो , खान्दोके सेलो , म्हेन्दोमाया गीतको प्रस्तुति एवम मौलिक तामाङ नृत्य प्रस्तुति र तामाङ खानाको स्टल हुनेछ ।

मंसिर २७ र २८ गते हुने कार्यक्रममा २७ गते पहिलो दिन दिउसोको १ बजे उत्घाटन भयर ३ बजे सम्म औपचारिक कार्यक्रम एवम ३ बजे देखि साँझ ७ बजे सम्म वरिष्ठ गायक गायिकाको आवाजमा सेलो गीत संगित प्रस्तुति हुने छ ।

कार्यक्रमको दोस्रो दिन यानिकि , २८ गते पुर्ण रुपमा चिर परिचित कलाकारहरुको साथमा मनोरञ्जनात्मक बृहत् सांस्कृतिक कार्यक्रम संगै समापन हुनेछ ।

नेपाल तामाङ कलाकार संघको आयोजनामा तामाङ संस्कार, परम्परा साथै भाषा,लोपोन्मुख बाजा,पहिचानलाई अझ यस महोत्सवले थप उजगार गर्ने नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइबाले बताउनु भयको छ । डम्फु टुङना,तामाङ सेलो सङ्गित,संस्कार र तामाङ जातिले प्रयोग गर्ने मौलिक खानाको संरक्षण र सम्बर्द्धन गर्ने परिपाटि बिस्तारै हुँदै जाने समेत बताउनु भयो ।

मङ्सिर २७ र २८ गते दुई दिन हुने महोत्सव काठमाण्डौको चुच्चेपाटी र होटल हायत रिजेन्सिको बिचको ग्राउन्ड यानिकि हायत ग्राउन्डमा हुने आयोजक टिमले जानकारि दिनुभयको छ ।

महोत्सवमा विभिन्न ब्यापारिक स्टलहरु समेत हुने भयकोले स्टल राख्न चाहनेले तुरुन्त सम्पर्क राख्न सक्न हुनेछ । सम्पर्कका लागि नेपाल तामाङ कलाकार संघका बरिस्ठ उपाध्यक्ष विश्व दोङ 9851058207