तिप्लिङ न्यूज
२०७६ मंसिर ३ गते काठमाडौं
आस्मान तामाङ

आफ्नो भाषा, संस्कार, सस्कृति र भेषभुषाको जगेर्ना तथा प्रबर्द्धन गर्ने उदेश्यले नेपाल तामाङ कलाकार संघले तामाङ सेलो संगित तथा तामाङ खाना महोत्सव गर्ने भएको छ ।

महोत्सवलाई प्रभावकारि एवम सबैमा जानकारि पुराउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलन यहि मंसिर ६ गते शुक्रबारको दिन नेपाल तामाङ घेदुङको संघिय कार्यलय काठमाडौंमा हुने जानकारि प्राप्त भएको छ ।

पत्रकार सम्मेलनमा सबै तामाङ अनलाईन, पत्र-पत्रिका एवम सबै संचारकर्मिलाई उपस्थित भइ आ-आफ्नो तवरबाट प्रचार प्रसार गरेर महोत्सवलाई सहयोग गरिदिन नेपाल तामाङ कलाकार संघका अध्यक्ष संजीव वाईबाले अनुरोध समेत गर्नुभयको छ ।

महोत्सवमा मौलिक तामाङ सेलो नृत्य तथा गीत संगितको प्रस्तुति, तामाङ भेष भुषा , मौलिक बाजागाजा प्रदर्शन , तामाङ खाना तथा परिकारको स्टल लगायत विभिन्न पहिचानमुलक सामाग्री प्रदर्शनि गरिने छ ।

तामाङ सेलो संगित तथा तामाङ खाना महोत्सव मंसिर २७ गते बाट २८ गते सम्म दुई दिन चल्ने छ ।

मंसिर २७ गते उत्घाटन संगै सांस्कृतिक कार्यक्रम हुने छ भने २८ गते पुर्ण रुपमा सांस्कृतिक कार्यक्रम एवम समापन हुनेछ ।

दुई दिन हुने तामाङ सेलो संगित तथा तामाङ खाना महोत्सव काठमाडौंमा हुने नेपाल तामाङ कलाकार संघका महासचिव विशाल काल्तानले जानकारि दिनु भयो।