तिप्लिङ न्यूज
मिति २०७६ कार्तिक १८ काठमाडौं
आस्मान तामाङ

काठमाडौं बाट ६० किलो मिटरको दुरिमा पर्दछ सिन्धुपाल्चोकको बलेफि गाउँ पालिका । काठमाडौ हुँदै भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, बन्देउ हुँदै सिन्धुपाल्चोक प्रबेश गर्न सकिन्छ । त्यहि सिन्धुपाल्चोकको बलेफि गाउँ पालिका वडा नम्बर ४ डाँडागाउँ – ठुलो घरको बुबा परे तामाङ र आमा कान्छिमाया तामाङको साईलो छोरा हुन कलाकार प्रेम गोले।

मध्यम बर्गको परिवारमा हुर्केका प्रेम गोले सानै उमेरमा काठमाडौ प्रबेश गरेका थिए । १५ बर्षको उमेरमा काठमाडौंमा छिरेका प्रेमले काठमाडौंमा टिक्नका निमित्त धेरै संघर्ष गरेका छन। कलिलो उमेरमै सिमेन्टको बोरा बोकेका प्रेम यति बेला आफ्नो निजि गाडीमा हिड्छन । काठमाडौंमा ठेला गाडामा तरकारि बेचे, डोजरको सहचालक बसे, ट्याक्सि चलाए , टिप्पर चलाए र यि सबै दु:ख र अनुभवले अहिले प्रेम एक निर्माण ब्यबसायी भएका छन ।

प्रेमको जिन्दगीलाई हेरेर के सिक्न सकिन्छ भने गरे नेपालमै छ लगनशीलता भयर काम गरे अबश्य सफल भइन्छ । ब्यबहारिक जिवनमा सफल प्रेम हेरौं कलाकारिताको दुनियाँमा कतिको सफल भइन्छ । हाम्रो शुभकामना छ ब्यबहारिक र कलाकारिता दुबैमा सफल होस ।

कलाकारितामा किशोर अबस्था देखि रुचि रहेको बताउने प्रेमले अहिले सम्म १ तामाङ चलचित्र र ३ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।
गायक छेडुप लामाको जुत्तामा हेर्नू , गायिका रोस्ना लुङबाको तामाङ भेषैमा , तामाङ चलचित्र म्युङ पुजु र गायक आस्मान लोप्चनको वाला वाला रिबनमा अभिनय गरिसकेका छन ।

तामाङ चलचित्र म्युङ पुजुमा प्रेम गोले संगै ईशवर लामा र सुस्मा मोक्तानको दमदार अभिनय रहेको छ । कलाकार नव नायक प्रेम गोले संग गरिएको छोटो कुराकानी :

१, कलाकारितामा कसरी लाग्नु भयो ? प्रेरणाको स्रोत के हो ?
– कलाकारितामा मेरो धेरै अगाढि देखिनै रुचि थियो जब मैले कलाकारहरुलाई स्टेजमा देखे कलाकारले आफ्नो कला प्रस्तुत गर्दा स्रोता दर्शकले दिनु भएको तालि र वाह! वाहलेनै म पनि यस्तै हुन पाए भन्ने हुन्थ्यो । कलाकार बन्ने असिमित चाहानाले आज कलाकार भयको छु।

२, कलाकार बन्ने मौका कसरी जुरेउ ?
– जिन्दगीको दौडानमा सुख भन्दा दु:ख धेरै भोगे हजारौं साथिहरु भेटे तर हजारौंमा एक यस्तो असल साथि इश्वर लामा जस्तो सहयोगि मिलनसार साथि भेटे जो मेरो जिवनमा धेरै महत्वपुर्ण हुनुहुन्छ । उहाँले गर्दानै म आज कलाकारितामा छु र यो अबस्थामा छु । उहाँलेनै मलाई यो कलाकारिता र संगितको रंगिन दुनियाँमा ल्याउनु भयको हो । म उहाँ प्रति सधै आभारि छु ।

प्रेम गोले र इश्वर लामा

३, कलाकारितालाई कसरी अगाढि बढाउने सोच्नु भयको छ ?
– कलाकारिता भनेको एउटा रंगिन दुनियाँ रहेछ । रंगिन दुनियाँमा अाफु फिक्मा सादा भयर पनि अरुको जिन्दगीमा रंग छर्नु पर्ने बाध्यता कलाकारितामा छदै छ र पनि यो क्षेत्रमा निरन्तरता दिन्छु भन्ने अठोट लिएको छु । तत्कालै त यहि हो तामाङ चलचित्र म्युङ पुजु प्रर्दशनको तयारिमा छु । यो मेरो पहिलो चलचित्र हो अन्तिम चलचित्र होईन । त्यसैले स्रोता दर्शक माझ अझै अन्य चलचित्र र म्युजिक भिडियोको साथ चाँडै आउने छु यहि भन्न चाहान्छु

४, अन्तिममा के भन्न चाहानु हुन्छ ?
– अन्तिममा सबै स्रोता दर्शक , मेरो आफन्त इष्टमित्र मलाई माया गर्ने साथ सहयोग गर्ने सबैलाई सम्झदै धन्यवाद पनि भन्दै उहाँहरुको आशिर्वादलाई शिरमा राख्दै अझै साथ सहयोग र माया गरिदिनु होला भन्न चाहान्छु । तामाङ चलचित्र म्युङ पुजु चाँडै प्रदर्शन हुँदै छ यो चलचित्र हलसम्म गएर हेरिदिनु होला भन्न चाहान्छु । मेरो भनाईहरु राख्न महत्त्वपूर्ण ठाउँ समय उपलब्ध गराउनु हुने तिप्लिङ न्यूजलाई पनि विशेष धन्यवाद दिन चाहान्छु नमस्कार लास्सो फ्याफुल्जि ।।।

तामाङ चलचित्र म्युङ पुजुको डान्सिङ गीत
जकि जकि ए न्होङगै भिडियो