तिप्लिङ न्यूज

०७६ कार्तिक १७ सिन्धुपाल्चोक 

 

सिन्धुपाल्चोक जिल्लाकै प्रशिद्ध धार्मिक मेला लाग्ने गौरति भिमेश्वर मेलामा बृहत् सांस्कृतिक कार्यक्रम हुने भयको छ ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बाट आधा घण्टाको पैदल यात्रा गरेपछि गौरति भिमेश्वर मन्दिरमा पुग्न सकिन्छ । मेला जानको लागि लोकल बसको समेत ब्यबस्था छ भने निजि सवारिमा समेत मन्दिर पुग्न सकिन्छ ।
धार्मिक अास्था र विश्वास रहेको भिमेश्वर मेलामा हजारौं भक्तालुजनको भिड लाग्ने गर्दछ ।

भक्तालुजनलाई रमाईलो दिन उदेश्यले हरेक बर्ष मेलामा सांस्कृतिक कार्यक्रम गर्ने गरेको गौरति भिम्सेन विकाश मन्चका अध्यक्ष वाङगेल लामाले जानकारी दिनुभयो ।

यस बर्ष मेलामा सांस्कृतिक प्रस्तुति दिनका निमित्त गायक रुपक डोटेल, गायक चन्द्र सिं घले , गायक सन्तोष लामा वाईबा , गायक प्रकाश तामाङ, गायक आस्मान लोप्चन , गायक तथा संचारकर्मि प्रितम तामाङ , गायिका रोस्ना लुङबा , गायक अमृत भारति , गायक साईमन भट्टराइ ,मोडल अनुष्का दोङ लगायतको कलाकारहरुको उपस्थिति रहनेछ ।

पर्यटन प्रबर्द्धन तथा संस्कृति संरक्षणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित कार्यक्रम हुन लागेको हो । मेलाको लागि मन्दिर आसपास सरसफाई , मन्दिरमा रङरोगन र अन्य सबै तयारि समेत पूरा भइसकेको छ ।

भिडियो :-