तिप्लिङ न्यूज
०७६ कार्तिक ७ गते काठमाडौ
आस्मान तामाङ

डेढ दशक देखि निरन्तर नेपाली गीत संगितमा लागि परिरहेकि सुरिलो आवाजकि धनि गायिका भावना थापा यति बेला नयाँ गितको तयारिमा छन ।

दार्जिलिङको मिरिकमा बसोबास गरे पनि नेपाली गीत संगित अनि नेपालाई औधि माया गर्ने उनी नेपाल आईरहन्छन गीत रेकर्डिङका लागि ।

दार्जीलिङ गाेर्खा दुख निवारक सम्मेलनले गरेकाे जिल्लाब्यापी गायन प्रतियाेगितामा सन् 1997-98 मा प्रथम पुरस्कार प्राप्त गरेपछि गायिका भावनाले चर्चित कलाकारहरु सगं विभिन्न स्थानमा सागींतिक भ्रमण गर्ने मौका पायका थिए ।

धेरै गीति एल्बमहरुमा आफ्नो आवाज दिएकि उनले नेपाली आधुनिक गीत ,भजन, नेपाली लोक भाका र तामाङ सेलो गीत गाइसकेका छन ।
ती मध्य तारा राेएकाे बेला,झझल्काे सयुंक्त र साँझकाे बेला, साेलाे एल्बम,अनुग्रहकाे झरणा ,दमसाईलाे,बरदान भजन सग्रह, जीवनका माेडहरुमा,चलचित्र परिणति र अारम्भमा आफ्नो सुमधुर आवाज दिएकि छिन ।

पछिल्लोपटक भने अमेरिकि निवासी सगींतकार अगाेम गुरुङकाे शब्द संगितमा रहेको गित “थिम्पुकाे चिसाे हावाले´´ बोलको गीती भिडियाे बजारमा ल्याएका थिए जुन गित सबैले रुचाएका छन । यति बेला नेपाल आएका गायिका भावनाले हालै मात्र मनाेज बाेगटिकाे शब्द, अादित्य थापाकाे सगींत र फनिन्द्र राईकाे सगींत संयाेजन रहेको गीतको भिडियो बजारमा ल्याउने तयारिमा छन ।

भिडियोलाई कैलाश राईले निर्देशन गरेका हुन भने भिडियोमा नायिका रिमा बिश्वकर्म र अविनाश प्रधानको दमदार अभिनय देख्न सकिन्छ । भिडियाेलाई ईश्वर श्रेष्ठले छायकंन गरेकाे हुन ।

भिडियो :-