तिप्लिङ न्यूज
मिति २०७६ कार्तिक १ काठमाडौं

तामाङ गित संगितमा पनि ठेट तामाङ भाकाहरु छन । फापरे सेलो, डम्फुरे सेलो, म्हेन्दोमाया, खान्दोके सेलो यी ठेट भाका संगै अहिले बजारमा मायाप्रेम लाई आधार बनाएर बनेको तामाङ प्रेम गितहरुको चर्चा छ।

तामाङ चलचित्र देखि बिभिन्न एल्बमहरुमा समेत तामाङ प्रेमगित समाबेश गरेको हामीले पाउछौ। यस्तै तामाङ प्रेमगितहरु गाउने गायक गायिका हरुमा चर्चित गायक तथा संगितकार बिशाल काल्तान र गायिका जितु लोप्चन को नाम अग्र पंत्तिमा आउँछ।

“तिङ्मि ढुक ढुक” “एदा थुर्ला ङाई” ” जब माया बुजि” “सानु एला मायासे” जस्ता थुप्रै गितका गायक तथा संगितकार बिशाल काल्तान को नयां गित ” ङाला मायाला रंग” बोलको गित दर्शक स्रोता माझ आईसकेको छ।

शब्द संगित: बिशाल काल्तानको रहेको यो गितमा स्वर पनि बिशाल काल्तान कै छ भने स्वरमा साथ दिएकि छन गायिका जितु लोप्चनले ।
Generic Studio मा रेकर्ड गरेको यस गितमा एरेन्जर चाद सिं को एरेन्ज रहेको छ भने दिपेश प्रधानले गितलाई मिक्सिङ गरेका छन।

यस गितलाई म्युजिक भिडियो सहित डम्फु मिडिया युट्युब च्यानालले दर्शक स्रोता माझ ल्याएको हो। म्युजिक भिडियोमा कलाकार मिलन थिङ पाराङ र याङ्कि दोङ तामाङ् को अभिनय रहेको छ। भने यस गितको म्युजिक भिडियो लाई नायक तथा निर्देशक अ्मिर दोङ्ले निर्देशन गरेका छन।

रमणीय स्थल मार्खु कुलेखानि र भक्तपुरमा छ्यांकन गरेको यस भिडियो मा छ्यांकन तथा सम्पादन भने सुर्य लामा ले गरेका हुन।

भिडियो