तिप्लिङ न्यूज
०७६ असोज १८ सिन्धुपाल्चोक

अग्रजलाई सम्मान युवालाई प्रोत्साहन भन्ने मुल नाराको साथ विजया दशमिको अवसर पारेर अर्चले युवा समाजले एकल खुला नृत्य प्रतियोगिता संगै बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिकाका प्रमुख बंशलाल तामाङको प्रमुख आतिथ्यतामा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न हुने छ ।

कार्यक्रममा नृत्य प्रतियोगिता संगै राष्ट्रिय तथा स्थानिय कलाकारको साथमा बेजोड सांगीतिक प्रस्तुति रहने अर्चले युवा समाजका अध्यक्ष पुष्पलाल तामाङले जानकारि दिनु भयो ।

गायक आस्मान लोप्चन , डान्सर तथा मोडल बुद्ध कुमार तामाङ , गायक तेज थिङ र गायक दिपेन्द्र सोनाको सांगितिक प्रस्तुति रहने छ ।

खुला एकल नृत्य प्रतियोगिताका विजयीलाई नगद , प्रमाण-पत्र र मेडल प्रधान गरिनेछ ।

कार्यक्रम यहि मिति २०७६ असोज २० गते नवमिको दिन सिन्धुपाल्चोक जिल्लाको इन्द्रवाति गाउँ पालिका वडा नम्बर ८ ज्यामिरेमानेमा विहान १० बजे बाट सुरु हुनेछ ।