तिप्लिङ न्यूज
०७६ असोज १६ काठमाडौँ
आस्मान तामाङ

दशैँ नजिकै गर्दा गायक तथा संगितकार सन्तोष लामा वाईबाले परदेशिको कथा ब्याथामा आदारित दशैँ विशेष गीत बजारमा ल्याएको छ ।

गायक सन्तोष लामाको आफ्नै शब्द तथा संगित रहेको यस गीतमा संगित संयोजन भने निरोज लामाको रहेको छ ।

भिडियोलाई प्रितम तामाङले सम्पादन गरेका हुन भने भिडियो क्लिक नेपालको (ClickNepal) युटुब च्यानल बाट सार्वजानिक गरिएको हो ।

जब एक युवा बाध्यताले परदेशिनु पर्छ र परदेशमा रहँदा चार्डवाड आउदा गाउँ घरको यादको भारिले थिचिएको पिडालाई यस गीतमा उतारिएको छ ।

परदेशमा पुर्व देखि पश्चिम र उतर देखि दक्षिण सम्मका नेपाली दाजु भाई भेटिने हुनाले जहाँ छौँ त्यहि रमाउ भन्ने भाव पनि यस गीतमा भेटाउन सकिन्छ ।

गायक सन्तोष लामा वाईबाका उत्कृष्ट गितहरु युटुबमा भेट्टाउन सकिन्छ । लामो समय देखि विदेशमा रहेर आफ्नो कर्म संगै सांगीतिक जीवन अगाढि बढाइरहेका संघर्षरत गायक यति बेला नेपालमै रहेर सांगित जिवनलाई अझै तिब्र रुपमा अगाढि दौडाइरहेका छन ।

भर्खरै मात्र सार्वजनिक भयको दशैँ विशेष गित जन्म भुमि छोडि आए यस्तो छ हेर्नुहोस पूरा भिडियो :-