तिप्लिङ न्यूज
०७६ असोज १२ काठमाडौं
आस्मान तामाङ

गायक तथा संगीतकार विश्व दोङ र गायिका जमुना योञ्जनको घुम्दै फिर्दै आइपुगे बोलको निकैनै मिठ्ठो तामाङ सेलो भाका बजारमा सार्वजनिक भएको छ ।

तामाङ गीत, सांगीतिको क्षेत्रमा धेरै लामो समयदेखि निरन्तर लागि परिरहेका गायिका जमुना योञ्जन र गायक तथा संगीतकार विश्व दोङको साझेदारीमा पुनः बजारमा उत्कृष्ट तामाङ सेलो गीत बजारमा सार्वजनिक भएको हो ।

बाैद्व जोरपाटी स्थित अन्तर्राष्ट्रिय तामाङ परिषद् वरिष्ठ उपाध्यक्ष टासी लामाको प्रमुख अातिथ्यातमा पत्रकार सम्मेलन गरि गितको भिडियोलाई सार्वजनिक गरेको थियो।

साथै बिशेष अतिथि वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ र नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईवा लगायतका अन्य अतिथिहरु समेत उपस्थिति रहेका थिए।

शब्द तथा संगीत विश्व दोङको रहेको गीतमा स्वर गायक विश्व दोङ र गायिका जमुना योञ्जनको रहेको छ । उक्त गीतमा विश्व दोङ र जमुना योञ्जनकै अभिनय देख्न सकिन्छ भने अभिनयमा कृष्ण तामाङ ब्लोन र मिना तामाङले साथ दिएका छन ।

निर्देशक गायक आफै विश्व दोङले गरेको हो ।
गीतको संगित संयोजन फणीन्द्र राई, मिक्सिङ दिपेन्द्र प्रधान, कोरियोग्राफी अभि लामा साथै ड्रोन क्याप्टेन सुरेश घिसिङ, भिडियो सम्पादन तथा कलर सुर्य लामाले गरेको हो ।

भिडियो:-