तिप्लिङ न्यूज
०७६ असोज ९ सिन्धुपाल्चोक
आस्मान तामाङ

चौतारा सांगाचोकगढि नगरपालिका स्तरिय नगर घेदुङ अधिबेसन तथा नयाँ कार्यसमिति चयन प्रविन लामाको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन भयको छ ।

चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ९ का वाडध्यक्ष बिष्णु तामाङको अध्यक्षतामा सम्पन्न भयको उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार तथा पुर्व सांसद दावा तामाङ हुनुहुन्थ्यो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल जनजाति महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष काजिमान थिङ , चौतारा सांगाचोकगढि नगरपालिकाका मेयर अमान सिङ तामाङ र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेसम स्याङबो तथा स्थानिय जनप्रतिनिधिको बाग्लो उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भयको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष प्रविन लामा , उपाध्यक्ष अस्मिता तामाङ , उपाध्यक्ष समीर तामाङ , सचिव सन्जिब तामाङ , कोषाध्यक्ष रामकुमार लामा , सहसचिव हिरालाल तामाङ र सदस्यहरु क्रमश गंगालाल तामाङ , बिष्णुमाया तामाङ , धनमान तामाङ , सुरेदास तामाङ , हिरा तामाङ , धन बहादुर तामाङ , कमानसिङ तामाङ , होम बहादुर तामाङ , झलक तामाङ , रहर बहादुर तामाङ र शान्ति थिङ तामाङ रहेको छ ।

नयाँ कार्य समिति संगै नगर घेदुङले सल्लाहकार समिति र संरक्षक समिति पनि गठान गरिएको छ ।

कार्यक्रमलाई मिलन लामाले संचालन गरेको थियो भने अतिथि दर्शक पाहुनालाई शब्द बाट स्वागत मन्तब्य उजारसिङ तामाङ (समर) र गितको माध्यम बाट गायक आस्मान लोप्चन र प्रितम तामाङले मौलिक खान्दोके सेलोमा डम्फु बजारएर स्वागत गरेका थिए ।

कार्यक्रममा गायक अनिश योन्जन , गायक आस्मान लोप्चन , संचारकर्मि तथा गायक प्रितम तामाङ , गायिका रोस्ना लुङबा र कलाकार मन्जु थिङको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो ।

मौलिक खान्दोके सेलो #वाला_वाला_रिबन