तिप्लिङ न्यूज
०७६ असोज ३ काठमाडौ
आस्मान तामाङ

तामाङ सेलो गित सांगीतको खुला आकाशमा एक पछि अर्को गायक–गायिकाहरुको प्रवेशको क्रममा नव गायिका मितेरी वाइबाको प्रवेशले सेलो गित संगितमा अर्को एउटा इट्टा थपिएको छ ।

‘मनले खाने च्याङबा’ बोलको गीत सहित सेलो गित संगितमा लागेकि गायिकाको आवाज साँच्चैनै सुरिलो सुनिन्छ । आज काठमाडौंको जोरपाटी स्थित JFC क्याफेमा डम्फू मिडिया प्रा.लि. द्धारा आयोजित भिडियो सार्वजनिक तथा सम्मान कार्यक्रममा `मनले खाने च्याङबा´ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नव गायिका मितेरी वाइबाको स्वर, गायक तथा बरिस्ठ संगीतकार सन्जिब वाइबाको शब्द संगीत, फनिन्द्र राईको संगीत संयोजन, दिपेश प्रधानको मिक्सिङ रहेको उक्त गीतमा नायक अमिर दोङ, नायिका सुस्मा मोक्तान, कलाकार कुइसाङ रुम्बा, पदम दोङ, अन्जुली लोप्चन, अनिता नेगि लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियो सार्वजनिक कार्यक्रममा नेपाल तामाङ कलाकार संघको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट निर्वाचित २१ जना कलाकारहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि तथा तामाङ समाज युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ , सभापति अमिर दोङ तामाङ लगायतका अतिथिहरुले खादा लगाएर सम्मान समेत गरेको थियो ।

अध्यक्ष सन्जिब वाईबासँगै संघको वरिष्ठ उपाध्यक्ष विश्व दोङ, शशिकला मोक्तान, महासचिव विशाल काल्तान, सह–सचिव रोशन फ्युवा र कोषाध्यक्ष सुवास मोक्तान सदस्यहरु चाँदनी मोक्तान, फुलकुमार बम्जन, निर्मला घिसिङ, बुद्ध लामा, कुमार स्याङ्बा, कुमार तामाङ, जितु लोप्चन, मिङ्ग्स लामा, प्रयास दोङ, बैरागी मोक्तान, योगेश लामा, जोग लाल लामा, आस्मान लोप्चन, खेम मोक्तान र विजय थोकर, सम्मानित भएको हो ।

भिडियो: