तिप्लिङ न्यूज
०७६ भदौ २७ ,पोखरा

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितीको आयोजनामा टुहुरोला ल्हुई प्रदर्शन हुने भएको छ ।

घेदुङको भवन निर्माणका लागि केहि सहयोग साथै तामाङ समुदायको भाषा , कला-सस्कृती एवम् तामाङ चलचित्रको संरक्षण र प्रबर्धनको निम्ति पनि यो च्यारिटि शो महत्त्वपूर्ण रहेको घेदुङका अध्यक्ष टेक बहादुर तामाङले जानकारी दिनुभयो ।

च्यारिटि शो यहि भाद्र २८ गते बिहान ८ बजेबाट बिन्धवासिनी चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ । टुहुरोला ल्हुईका मुख्य नायक नायिका एवम् निर्माता समेत उपस्तथिति रहने उक्त च्यारेटिमा दर्शकले भरपुर मनोरञ्जन पाउनेमा आयोजक आशावादि छन ।

नव गठिट समितीबाट आयोजना गरिएको यो पहिलो शो रहेने छ । तामाङ जातिको मौलिक परम्परा साथै भाषिक पक्षलाई चलचित्रमा बढी जोड दिइएकोले गर्दा तामाङ समुदायको बाग्लो उपस्तिथि रहनेमा आयोजक ढुक्क छन ।