तिप्लिङ न्यूज  ,

आस्मान तामाङ

०७६ भदौं २७ काठमाडौं 

प्रतीक्षाको फल मीठो हुन्छ भनेझै तामाङ चलचित्र म्युङ पुजुको गित जब `माया बुजि´ मीठो फलको रुपमा दर्शकले पाएका छन ।

आज एक भब्य कार्यक्रमका बिच चलचित्र म्युङ पुजुको प्रेम गित जब माया बुजि औपचारिक कार्यक्रम गरेर सार्वजानिक गरिएको हो ।

`जब माया बुजि´ बोलको प्रेम गितमा नायक इश्वर लामा पाख्रिन र नायिका सुस्मा मोक्तानको दमदार अभिनय सहित डम्फु मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

विशाल काल्तानको शब्द संगितमा रहेको उक्त गितमा स्वर पनि विशाल काल्तान र जितु लोप्चनको रहेको छ । “म्युङ पुजू”  तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि. को ब्यानरमा कान्छीमाया गोलेले निर्माण गरेको हो ।

यस चलचित्रलाई निर्देशन अजय स्याङतानले गरेका छन । भिडियोलाई बिक्रम मोक्तानले छायांकन गरिएको हो भने भिडियोको छायांकनको सबैले प्रशंसा गरे ।

भिडियो सार्वजानिक कार्यक्रम निमात्री कान्छिमाया गोलेको सभापतित्व, तामाङ चलचित्र संघ नेपालका अध्यक्ष बिकु थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विशेष अतिथिको रुपमा नायक आमिर दोङ, विशाल काल्तान, जुगल गापा ६ का वडा अध्यक्ष जंग तामाङ, बलेफी गापा ४ का वडा अध्यक्ष काली प्रसाद तामाङ, जयन कुमार मोक्तान लगायतको उपस्थित रहेको थियो  ।

नेपाल तामाङ चलचित्र संघ नेपालका अध्यक्ष बिकु थोकरले आफ्नो मन्तब्य राख्दै तामाङ चलचित्रको हक हितका लागि जस्तो सुकै चुनौति सामना गर्न तयार रहेको र  दबाब अनि अभाबको बिचमा संघलाई अगाढि बढाइहेको बेलाअझै सबै चलचित्रकर्मि र तामाङ समुदायको साथ सहयोगको अपेक्षा गर्नु भयको छ ।

सभापति काछिमाया गोलेले चलचित्र निर्माणको क्रममा धेरै दुख गर्दै बनाएको सुनाउनु भयो । तीखो काँडा “म्युङ पुजू” लाई ढाक्ने वा छोप्ने भनेको माया प्रेम भएकोले चलचित्रमा यस्तै चरित्रलाई प्रेमको माध्यमबाट साम्य बनाउन सकिन्छ भन्ने सन्देश रहेको बताउनु भयो । प्रमुख अतिथी बिकु थोकरले सबै मिलेर अघि बढेमा तामाङ चलचित्र नेपालका आदिवासीहरु मध्येको उत्कृष्ट चलचित्र बन्नेमा ढुक्क रहेको बताउनुभयो । अहिले तामाङ चलचित्र संघ नितिगत विषयमा अघि बढिरहेकोले सबैको आलोचना भन्दा साथको आवश्यकता रहेको सुनाए ।

बिशेष अतिथी द्वय स्थानीय जनप्रतिनिधि जंग तामाङ र काली प्रसाद तामाङले चलचित्र टिमलाई क्रमशः रु १५०००/- र २००००/- सहयोग समेत गर्नु भयो । साथै चलचित्रको डकुमेन्ट सहित वडामा बुझाउएमा सकेको सहयोग समेत गर्ने बचन वद्दता गर्नु भयो । तामाङ चलचित्रले हाम्रो संस्कार, भाषा, भेषभुसा आदिको संरक्षण सम्बर्द्धन गर्ने भएकोले अझै अघि बढ्न स्थानीय तह र ब्यक्तिगत तर्फबाट सकेको सहयोग रहने बताउनुभयो ।

त्यस्तै बिशेष अतिथी विशाल काल्तानले जुनसुकै चलचित्रमा गित संगितको सबै भन्दा ठूलो महत्व हुने भएकोले गितको भिडियो मात्र राम्रो बनिरहेको छ र गितको भिडियो जस्तै चलचित्र राम्रो बनेन भन्ने सन्दर्भमा हामिले बिशेष ध्यान दिनु पर्ने बताए । चलचित्र संघले गित संगितमा लागेका व्यक्तिहरुलाई पनि समेट्नु पर्ने बताउनु भयो ।

यस गितमा तीन वटा गितहरु समाबेस गरिएको छ । जब माया बुजि , जकि जकि ए न्होङ्गै र जतिन क्रबा चु सेम ङला बोलको गितहरु रहेको छ ।

अब यो गित सार्वजनिक लगतै छिटो भन्दा छिटो जकि जकि र जतिन क्राबा बोलको गितको भिडियो समेत सार्वजानिक गर्ने निर्माण पक्षले जनाएको छ ।

कान्छि माया गोलेको निर्माणमा बनेको तामाङ चलचित्र म्युङ पुजुमा नायक इश्वर लामा , नायक प्रेम गोले , नायिका सुस्मा मोक्तान , नायिका डोल्मा तामाङ, खलनायक वीर बहादुर तामाङ (बिजय) र भुइसाल लामाको प्रमुख भुमिका देख्न सकिन्छ । बुबाको भुमिकामा राजकुमार स्याङतान, बिरमान स्याङतान रहेको छ ।

तामाङ चलचित्र राम्रै लगानि रहेको म्युङ पुजू उत्कृष्ट तामाङ चलचित्र बन्नेमा समेत ढुक्क छन निर्माण पक्ष बताउँछन् । अब छिटैनै प्रीमियर शो मार्फत दर्शक माझ ल्याउने तयारिमा रहेको बताउछन्

भिडियो: https://youtu.be/Pvh0eVtCZjc