तिप्लिङ न्यूज ,
२०७६ असार २४ काठमाडौ

आस्मान तामाङ

अर्थिक अवस्था कमजोरिका कारण उपचार गर्न कष्ट परिरहेको बेला नेकपाका केन्द्रीय सदस्य तथा पुर्व कनुन मन्त्रि शेर बहादुर तामाङको हात बाट बिरामि पुर्णमान तामाङलाई पुन: आर्थिक सहयोग हस्तान्तरण भयको छ ।

बिरामि पुर्णमान तामाङको श्रीमति सिता माया तामाङ र भाई सौगात तामाङको हातमा नगद रु १४३१००/- (एक लाख त्रिचालीस हजार एक सय रुपैयाँ) हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएकोको रकम समाजसेवि लायुर लामा र अम्बिरदास श्रेष्ठको नेतृत्वमा नेपाल र मलेसियाको (Straits Orthopedises Company)मा कर्यरत नेपाली बाट संकलन गरिएको हो ।

यो भन्दा अघि पनि बिरामिलाई रु १८६०००/ एक लाख छयासि हजार रुपैयाँ सहयोग गरेको थियो ।

करिब तीन महिना देखि पुर्णमान तामाङको त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भईरहेको छ ।

दैनिक उपचारमा १ लाख भन्दा बढि खर्च हुने र भयभरको पैशा सबै उपचारमै सकि सकेकोले उपचारनै गर्न नसक्ने अबस्थामा सहयोग प्राप्त हुदा धेरै राहत मिलेको बताउछन- पुर्णमानका श्रीमति सितामाया तामाङ ।

अहिले भने पुर्व मन्त्रि शेर बहादुर तामाङको पहल कदमिमा आई.सि.यु भेन्टिलेटर र अन्य परिक्षण निसुल्क गरिएको छ । जस्को कारण अहिले उपचारमा धेरै सहज भयको बताउछन ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं. ९ साबिक भोटसिपा-४ छापडाडाका ३५ बर्षिय पुर्ण मान तामाङ GBS नामक किटानुको संक्रमणबाट ग्रशित भइ उपचारको क्रममा काठमाडौ ल्याएको थियो ।

बिरामि पुर्णमानको परिवारमा श्रीमति सितामाया र साना उमेरका दुई छोरि ,एक छोरा छन । घरको कमाउने मान्छेनै बिरामि पर्दा आर्थिक संकटको पहाडले थिचेको छ ।

आर्थिक सहयोग गर्ने सबैमा पुर्णमानका परिवार हार्दिक कृतज्ञता ब्यक्त गर्दछन ।

सहयोगिहरु –