तिप्लिङ न्यूज
२०७६ बैशख २० काठमाडौं
आस्मान तामाङ

आमा, आहा कति मीठो शब्द, कति प्रिय लाग्ने शब्द तर यो शब्द उच्चारण गर्ने वितिक्कै मेरो मन त्यतिकै भावुक हुन्छ ।

मलाई मेरि आमाको याद आउँछ । मेरि आमा जो सहन्सिल्ताको प्रतीक हुनुहुन्छ । जस्तै दु:ख कष्ट सहन सक्ने र आफुलाइ खरो रुपमा जस्तो सुकै अग्नि परीक्षामा उतार्न सक्ने मेरि आमा आहा!

हिजो आज जमाना फेरिएको छ नभनौ मनुष्यहरुको बुद्धि भ्रष्ट भयको छ । आमालाइ छोराले माया गरेको देखिदैन जब बुढेसकल लाग्छ आमा घरको लागि घाँडो बन्छ र पुराईन्छ बृद्धा आश्राम तिर ।

आफ्नो सन्तान हुदा हुँदै निसन्तान झै कोहि नभयको जसरि बृद्धअाश्राम पुग्नु पर्दाको पीडा पोखिएको छ गायक प्रकाश तामाङको यो गितमा । भनिन्छ समाजको ऐना कलाकर हुन र हो पनि ।

आमालाई समर्पित गर्दै गायको यस गित जोकसैलाई मन पर्छ । आमाको मायालाई नबुज्नेहरुलाई पनि यो गित मन पर्न सक्छ ।

मकवानपुर हेटौंडामा जन्मेका गायक प्रकाश तामाङले हरेक किसिमका गितहरु गाइसकेका छन ।

नेपाली , पप र सेलो जस्ता गितमा विशेष दखल भयका उनी यति बेला संगितमै संघर्षरत छन । शब्द रचना , संगित भर्ने , संगित संयोजन गर्ने समेत सीप भयको प्रकाशको स्वरले जो कसैलाई मोहनि लगाउँछ ।