तिप्लिङ न्यूज
२०७६ बैशाख १३ चौतारा
आस्मान तामाङ

सिन्धुपाल्चोक जिल्लाको सदमुकाम चौतारामा रहेको चौतारा अस्पताल चौतारामा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम समुत्घाटन समारोह सम्पन्न भयको छ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको पहलमा भईरहेको मुख्यमन्त्रि जनता स्वास्थ्य परिक्षण कार्यक्रम यति बेला ३ न प्रदेशका विभिन्न जिल्लाको जिल्ला अस्पतालमा सुरु गरिदै छ ।

पहिलो हेटौंडा अस्पतलमा भयको थियो भने यो दोस्रो चौतारा अस्पतालमा भयको हो । अब क्रमश रामेछाप, भक्तपुर र धादिङमा समेत हुने ३ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्रि युवाराज दुलाल सरदले जानकारि दिनु भयो ।

कोहि निरोगि छैनन् नियमित रुपमा स्वास्थ्य परिक्षण गरौ स्वस्थ समाजको निर्माण गरौ – मन्त्री युवाराज दुलाल सरद भन्नु हुन्छ स्वास्थ्यनै सबै भन्दा अमूल्य सम्पति हो । स्वास्थ नभइ न समाजको लागि , न देशको लागि न आफ्नै लागि पनि केही गर्न सक्छ त्यसैले जटिल रोगहरुबाट बच्न नियमित स्वास्थ परिक्षण गरौ ।

मुख्यमन्त्रि जनता स्वास्थ्य परिक्षण जनप्रतिनिधिको सिफारिसमा गरिब, महिला , दलित र बिपन्नलाई निशुल्क स्वास्थ्य परिक्षण हुनेछ ।

आज भयको यस मुख्यमन्त्रि जनता स्वास्थ्य परिक्षण कार्यक्रमको उत्घाटन प्रमुख अतिथि सामाजिक विकास मन्त्रि युवाराज दुलाल सरदले गर्नु भयको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति कृष्ण गोपाल तामाङ , चौतारा सांगाचोकगढि नगरपालिका प्रमुख अमान सिं तामाङ र प्रमुख जिल्ला अधिकारि गोमा देवि चेमजोङ हुनुहन्थ्यो ।

चौतारा सांगाचोकगढि नगरपालिकाका १४ वटै वडाका वडाध्यक्ष समेत उपस्थित रहेको कार्यक्रमको सभापतित्व भने चौतारा अस्पताल ब्यबस्थापन समिता अध्यक्ष इश्वरि प्रशाद श्रेष्ठले ग्रहण गर्नभयको थियो ।

मूख्यमन्त्रि जनता स्वास्थ्य परिक्षण संचालन भयको सबै अस्पतालमा स्वास्थ्य परिक्षण सस्तो र सुलभ मुल्यमा हुनेछ ।