तिप्लिङ न्यूज ,
मिति २०७५ चैत २६ काठमाडौं

सहयोग गर्नुस सकेजति बाँच्न पाउँछन उनले ।
मन खोल्नुस अलिकति हाँस्न पाउँछन उनले ।

पक्कै पनि तपाईको सानो सहयोगले कसैको ज्यान बच्न सक्छ । आर्थिक अवस्था कमजोरिका कारण उपचार समेत गर्न नसकि विवस भई पिडामा छटपटाई रहेका अशोक लामालाई सहयोग गरौ । मृगौला पिडितको उपचार सहयोग जुटाउन तरना कलाकेन्द्र र ह्याङला दोलखा काठमाडौं तामाङ समाजले बृहत् सास्कृतिक कार्यक्रम गर्ने भयको छ ।

नव बर्ष २०७६ को पावन अवसरमा शुभकामना आदान प्रदान एवम सहगार्थ सास्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहने छ । कार्यक्रम यहि मिति २०७५ चैत ३० गते शनिवार बिहान ११ बजे बाट नवदुर्गा पार्टि प्यालेन्स सुकेधारा चाबहिलम काठमाडौंमा सुरु हुनेछ ।