तिप्लिङ न्यूज,
२०७५ चैत २४ चौतारा
सिन्धुपाल्चोक कलाकार समाज नामक संस्थाले आयोजना गरेको समुद्घाटन एवम बृहत् सास्कृत कार्यक्रममा देखिएको बिवाद सतहमै आएको छ ।
समाजले आयोजना गरेको कार्यक्रम प्रति कलाकारहरुले रोष्ट प्रकट गरेपछि विवाद देखिएको हो ।
सिन्धुपाल्चोकको कलाकारहरुको नाम बेचेर कार्यक्रम गरेको प्रति कलाकारहरुले आपति समेत ब्यक्त गरेका छन ।
कार्यक्रम राष्ट्रिय ख्याति प्राप्त कलाकारको उपस्थितिमा हुने भनिए पनि सिन्धुपाल्चोकका अधिकांस कलाकारको उपस्थिति देखिएन ।
चेतन सापकोटा , जयनन्द लामा , प्रेम लोप्चन , सुनिता दुलाल , घमेष दुलाल,शिवहरि बैरागि, राम थापा शिशिर , चन्द्र सिं घले लगायतको उपस्थिति नदेखिएपछि कार्यक्रमको औचित्य माथि प्रश्न उठेको हो ।
सिन्धुपाल्चोक कलाकर सामज भनेपछि सिन्धुपाल्चोकको सबै कलाकर समेटिनु पर्ने हो संगितकार एवम गायक चेतन सापकोटाले भन्नु भयो यहाँ पनि राष्ट्रिय स्तरका थुप्रै कलाकारहरु छन उहाँहरुलाई नसमेटिकन गरिएको कार्यक्रमको औचित्य छैन ।
तोकिएको समय भन्दा ढिला सुरु भयको कार्यक्रममा निम्ता गरेको सबै कलाकार समेत उपस्थिति थिएन । जिल्लाकै ठुला कार्यक्रम भनियतापनि विवाद देखेपछि जिल्लाको कुनै पनि संचार माध्यमले समचार समेत लेखिएको छैन ।