तिप्लिङ न्यूज ,
मिति २०७५ चेैत २ गते काठमाडौं
गायक पवन राज स्याङबोको तामाङ सेलो तोर तोर माबर बोलको गित केही महिना अघि मात्र क्लिक नेपाल युटुब च्यानल बाट सार्वजनिक गरिएको थियो ।
पवन राज स्याङबो र ईन्दिरा गोलेको सुमधुर आवाज भयकै कारण लाखौ स्रोता दर्शकले युटुबमा हेरेर मन पराएका छन ।
सपूत दोङको शब्द अमृत लामाको संगित रहेको गितको भिडियोलाई शम्भु मोक्तानले निर्देशन गरेका हुन ।
भिडियोमा शम्भु मोक्तान र हिमशिला लामाको अभिनय देखिन्छ ।
तामाङ सेल गित संगितमा निरन्तर लागि परिरहेका गायक पवनको धेरै गित संगित बजारमा आईसकेको छ ।