तिप्लिङ न्यूज ,

मिति २०७५ फागुुन २९

अहिले बजारमा खरीद बिक्री हुने अवार्ड नामक ब्यवसाय खुबै मौलाएको देखिन्छ । सुन्दै नसुनिएका र दर्शक स्रोतामा भिज्दै नभिजेका गित अचम्म तरीकाले अवार्ड जित्न सफल भएको देखाईन्छ देखिन्छ ।

अवार्ड पायो रे भनेको सुनेपछी कुन गित रैछ भनेर Youtube मा सर्च गर्नुपर्ने गितले कसरी पायो अवार्ड ? के हो अवार्डको मापदण्ड ? गितको गुणस्तर कि पैसा ? आफन्त, अनैतिक नाता सम्बन्ध या अन्य ? गित आएको दुई महिनामानै कसरी पाउँछ अवार्ड? दर्शक श्रोताको मनमा बस्न सफलनै नभएको गित, youtube मा ५ हजार पनि Views ननागेको गितले आखिर कसरी पाउछ अवार्ड ?

अवार्ड पाउँदा पाउनेलेनी कुन इजतले लिन सकेको र दिनेले नी कसरी दिन सकेको ? अवार्ड गर्ने संस्थाको र लिने कलाकारको आफ्नो ईजत हुदैन ? ज-जस्ले अवार्ड किन्न खोज्छन उनीहरुसंग बार्गेनिङ गर्यो, पैसा उठायो । ३/४ लाख उठायो २ लाख कार्यक्रम हल र अवार्डको सार्दममा खर्च गर्यो अनि दुई लाख गोजिमा हाल्यो । यही हो त अवार्डको ईजत ? एक दुई अवार्ड होलान इजतदार अवार्ड जसले गित हेरेर, चर्चा हेरेर र पैसा नउठाई कलाकारलाई सम्मान गर्ने नत्र सबै ब्यापारको लागि नाटक मञ्चन गर्दैछन भन्ने प्रस्ट देखिन्छ । यसलाई ब्यवस्थीत गर्ने निकाय छैन ? कहिले रोकिन्छ यो किनमेलको खेती ? ठ्याक्कै उल्टो भए जस्तो छ समय ।

अहिले त अवार्ड नपाउने गित चाहिँ चलेको र पाउनेचै नचलेको भनेर बुझ्नुपर्ने जस्तो अवस्था सृजना भएको छ । किन किन लाज लाग्छ अवार्डको न्युज हेर्दा, फेसबुक पोस्ट देख्दा पनी । मलाई मात्र होकी तपाईलाई पनि यस्तै लागेको हो खास ? पहिले पहिलेको अवार्डमा कति इजत थियो, अवार्ड पाउँदा कति गर्वको कुरो हुन्थ्यो ।

चौतर्फी चर्चा भएकै गितले अवार्ड पाउँथे । अवार्ड पाउने गित र अवार्ड जनजनको हृदयमा बस्थ्यो । तर अहिले ??? म आफै पनि जानीनजानी कलाकारीतामा संघर्ष गरीरहेको मान्छे । सम्पुर्ण अग्रज अनुज कलाकारहरुमा मेरो उच्च सम्मान, माया र साथ छ । यो मेरो नितान्त ब्यक्तीगत बिचार हो । तपाईं पनी आफ्नु बिचार ब्यक्त गरिदिनुहोला । धन्यबाद ।
मनको खस-खस
महेश नेपाल