तिप्लिङ न्यूज
मिति २०७५ फागुन २० काठमाडौं

बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत सागर लामाले नेपाली सांगीतिक क्षेत्रमा नौलो आयाम थपेको छ।

लामाको स्वर रहेको ’घिनघिन मादल’ बोलको गीत र म्युजिक भिडियो केहि दिन अघि सार्बजनिक भएको थियो । भिडियो बाहिरिए संगै लामाको गायन कलाको चर्चा चुलिएको छ ।
नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा-१३ हर्कपुरका स्थाई बासिन्दा हाल युनाईटेड रेमिट, साउदी अरबमा कन्ट्री मेनेजरको जिम्मेवारीमा कार्यरत ३० बर्षिय लामाको प्रस्तुति लाई हाईलाईट म्युजिक कम्पनिले युटुब बाट सार्वलेजानिक गरेको हो ।

गीतको शब्द तथा संगीत मिना लामाको रहेको छ भने एरेन्ज जी.पुनले गरेका छन । सार्बजनिक भएको गीतको भिडियोमा कलाकारहरु याङ्छु तामाङ र पुर्णिमा लामाको अभिनय रहेको छ भने निर्देशन दिपक तामागले गरेका छन ।

गायनको लागि प्रशिक्षण लिनु भएको छ कि भन्ने प्रश्न राख्दा गायक सागर लामा ले औपचारिक रुपमा गायनको लागि प्रशिक्षण नलिएको जनाए । सानो उमेर देखिनै गीत गाउने सोख रहेको जनाउदै उनले साथिहरु ले स्वर राम्रो छ अगाढी बढे हुन्छ भनि झकझाकाई रहने गरेको स्मरण गर्दै सबै को प्रेरणा ले अघि बढेको जनाए । पहिलो प्रस्तुतिमा नै उत्साहजनक प्रतिक्रिया पाएको जनाउदै लामा थप अघि बढ्न प्रेरित भयको समेत बताए ।
आफ्नो पन झल्कने लोक संगीत लाई माया गरौ भन्ने आग्रह गर्दै लामाले परम्परा,संस्कृति लाई जोगाई राख्न आफ्नो स्थान बाट योगदान दिनु पर्छ भन्ने मान्यता सहित आफु अघि बढेको समेत जनाए ।