तिप्लिङ न्यूज
मिति २०७५ फागुन १९ सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाकोको चौतारा साँगाचोकगढी नगरपालिका– ९ कदम्बास स्थित लामाचौरमा सञ्चालन हुन लागेको प्याराग्लाईडिङ तथा ह्याङ्ग्लाईडिङ उडान विधिवत रुपमा यहि मिति २०७५ फागुन २५ बाट नियमित उडान गराउने भयको छ।

फागुन २५ गते बाट नियमित उडान गराईने भएकाले पूर्वाधार निर्माणको काम करिब करिब सकिसकेको लामाचौर प्याराग्लाईडिङ तथा ह्याङ्ग्लाईडिङ संघ, सिन्धुपाल्चोकका सचिव एवम् प्याराग्लाईडिङ सञ्चालक मिलन पाख्रिनले जानकारी दिनुभयो ।

प्याराग्याडिङ  अवतरणको लागि चाहिने ‘एयरपोर्टस् टेक अफ’ को निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । एयरपोर्ट निर्माणका लागि स्थानीय नागरिकहरु आफैं जुटेको पाख्रिनले बताउनुभयो ।
लामाचौरबाट उडान भरेको प्याराग्याडिङ सिरानचौरमा अवतरण हुने जनाईएको छ । यसको दुरी १ किलोमिटर रहेको सञ्चालक पाख्रिनले बताउनुभयो । ‘हावाको सहायतमा ३ हजार फिट उचाईसम्म उडान भर्न सकिन्छ’ पाख्रिनले भन्नुभयो– ‘जसबाट सुनकोशी गाउँपालिकाको डाँडागाउँ, लिसंखुपारखर गाउँपालिकाकोे पाखरडाँडा र बाह्रविसे माथीको डाँडाबाट कालिँचोक र गौरीशंकर हिमालको दृष्यावलोकन गर्न सकिने छ ।’

सिन्धुको पहिचान र चौतारा साँगाचोकगढी नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले प्याराग्लाईडिङ तथा ह्यान्डग्लाईडिङ सञ्चालन गर्न लागिएको पाख्रिनको भनाई छ ।

‘हामीले साहासिक खेलको माद्यमवाट यो क्षेत्रमा पर्यटनको विकास गर्ने उद्देश्यको साथ यसको सुरुवात गरेका हौं’, उहाँले भन्नुभयो– ‘यस क्षेत्रमा हावाको चाप अधिक रहेकाले प्याराग्लाइडिङ उडानका लागि पोखरा भन्दा पनि उपयुक्त रहेको पाएका छौं ।’ उडान मैदान नजिक आन्तरिक पर्यटन प्रबद्र्धन गर्न पिकनिक स्थलको निर्माण समेत गरिने उहाँले जानकारी दिनुभयो ।
यस अघि परीक्षण उडान सफल भई सकेको छ । परीक्षण उडानका लागि आएका पाईलट उमेश केसीले सो ठाउँ प्याराग्लाईडिङको लागि निक्कै उपयुक्त रहेको बताउनु भएको थियो । जुगल हिमश्रृंखलाको मनोरम दृश्य, ग्रामीण बस्तीहरु, हरियाली जंगल एवम् सुनकोशी र बलेफी नदीको लोभ लाग्दो दृश्यावलोकनका लागि यस क्षेत्रको प्याराग्लाइडिङको आकर्षक पक्ष रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।