तिप्लिङ न्यूज ,
मिति २०७५ फागुुन ५ काठमाडौं
मन्जुश्री संवत् २८५५औ फाग ह्लो सोनाम ल्होछार गयको बर्ष भन्दा यो बर्ष धेेरेै ठाउँमा मानाईएको पाईएको छ ।
सामुहिक रुपमा गुम्बा , टुढिखेल, चोक-चोकमा ल्होछार कार्यक्रम गरेपनि घर घरमा भने मनाईएको पाएको छैन ।
ल्होछार सम्बन्धि ज्ञान नभएरै घर-घरमा नमनाईएको बताउछन स्थानिय तामाङ समुदाहरु ।
ल्होछार कसरी मनाउने के गरि मनाउने के-के चाहिने भन्ने कुराकोनै अत्तो पत्तो नहुदा तामाङ समुदाय अन्योलमा छन ।
तामाङ समुदायमा ल्होछार मनाउनु अघि नयाँ बर्ष ल्हो परिवर्तन हुनेबेला घरपरिवार सबै राम्रो शान्ति होस भनेर ग्रह शान्तिको लागि गुरु लामा ल्याई लुङदार दर्जु पठाउने , ल्होछारको परिकार खाप्से , फलफुल दुधदहि मीठो मसिनो जेजे हुन्छ बनाई आफन्तजन चेेलिबेटिलाई बोलाई टीका ग्रहन गर्ने आफुु भन्दा ठुुलोको आशिर्वाद लिने शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
तामाङ समुदायले ल्होछार महिनौ मानाउने पनि चलन छ ।