तिप्लिङ न्यूज,

मिति २०७५ माघ१० काठमाडौं


सांगीतिक क्षेत्रमा वर्षौं देखि अनवरत रुपमा लागिरहेका पुराना श्रष्टा एवं गायक कुन्साङ वाईबाले ल्होछार नजिकिँदै गर्दा एक दमकेदार “होई ल्हास्सो” नामक एल्बम मार्फत बबाल कम ब्याक भएका छन् । परदेशी भुमिमा रहेर पनि आफ्नो कला, संस्कृति अनि संगितलाई बिर्सिन नसकेका उनले यो नयाँ सांगीतिक कोसेली आफ्न शुभचिन्तकहरुको लागि ल्होछारको उपहारको रुपमा ल्याएका हुन् । गायक वाईबाको सांगितिक लगाव तथा निरन्तरताको कुरा गर्ने हो भने उनको यात्रालाई यसरी हेर्न सकिन्छ ।

गायक कुन्साङ वाईबाको सांगीतिक यात्राको कुरा गर्नु पर्दा २०५३ सालमा पहिलो एल्बमको रुपमा “को-म्हेन्दो” मार्फत श्रोता माझ चिनिए । त्यस पश्चात् २०५७ सालमा तुलसा वाईबा, ईन्दिरा योन्जन, भक्त स्याङ्तान सहित मिलेर संयुक्त एल्बम् “छे-ह्रेङ्गाई” मा छे-ह्रेङ्गाई ग्यार्जा गि छे-ह्रेङ्गाई तथा “ए ठुली म्योना लाजी एला माया से” बोलको गित सार्वजनिक गराएको थियो ।

त्यस्तै २०५९ सालमा “लानि – दिनि” एल्बममा “डम्फु ह्रप्सी स्याईले ए ङा , “लानी ह्राङ्नुन् शितल शितल, २०६१ सालमा “सेम्जो” एल्बमले २०६२ सालमा ईमेज अवार्डको नोमिनेशनमा समेत पर्न सफल भएको थियो एल्बममा “ए सेम्जो एला ह्लुई नुन् ज्याबा, “ए लै लै च्याको मुरि”, “राप्ती बगररी” बोलको गित समावेश थिए । त्यस्तै “तामाङ-ग्ले” एल्बम तथा २०६६ सालमा नेपाली एल्बमको समेत सुरुवात गर्दै “छ्युर्पिको दाना शेर्पिनी नाना” बोलको गित र २०७० मा नेपाली एल्बम “The Sidra Tree” समेत लिएर आए ।

यसरी सांगीतिक यात्रामा अनवरत रुपमा लागिरहने वाईबाले यति बेला आफ्ना प्यारा दर्शक अनि श्रोताहरुको लागि कोशेलिको रुपमा “होइ ल्हास्सो” एल्बम लिएर आएको छ । जुन गितमा शब्द संगित विशाल काल्तान, स्वर कुन्साङ वाईबा, एरेन्ज फणीन्द्र राई, रेकर्डिस्ट सुमन खड्का, मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

त्यस्तै भिडियो तर्फ निर्देशन, सम्पादन, छायांकन सुमन वाईबा तामाङ, अभिनयमा मनु पाख्रीन, प्रकाश तामाङ लोप्चन, उर्गेन वाईबा, अजय लामा र विनोद मगरले गरेका छन भने कोरियोग्राफी विनोद मगर तथा शृङ्गार,हेयर डिजाईनमा निशा राई छन्त्यालले गरेका छन् । भिडियोलाई पोर्चुगलको विभिन्न सुन्दर ठाउँहरुमा छायांकन गरिएको हो ।

उनको यस “होई ल्हास्सो” को अफिसियल म्युजिक भिडियो विमोचन कार्यक्रम गोल्चे सन्चारको प्रेस हलमा संगितकार एवं गायक विशाल काल्तानको सभापतित्वमा तथा तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबाको प्रमुख अतिथ्यता तथा तामाङ चलचित्र जगतका चर्चित नायक आमिर दोङको बिशेष आतिथ्यतामा साथै विभिन्न मिडियाका पत्रकारहरुको उपस्थितिमा सम्पन्न भयो ।

भिडियो लिंक तल क्लिक गर्नुहोला :