तिप्लिङ न्युज,

मिति २०७५ पुस १६ काठमाडौं

गायक आस्मान लोप्चनको गएको वर्ष सार्वजानिक भएको खान्दोके सेलो “बल्लपो तामाङको हुल उठेउ”को अपार सफलता पछि फेरि अर्को आशालाग्दो नयाँ सेलो गित “लेकमा जाँदा” को अफिसियल म्युजिक भिडियो क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजानिक भयको छ ।

सेलो गित संगितमा आफ्नो एउटा छुट्टै पहिचान बनाईसकेका सिन्धुपाल्चोके सेलो गायक आस्मान यतिबेला गित संगितमा ब्यस्त छन । ल्होछार नजिकिदै गर्दा सेलो भाकाले बजार तताउने खालको डान्सिङ गित रहेको छ लेकमा जाँदा ।

यस गितमा शब्द संगित तथा स्वर समेत आस्मान लोप्चन कै रहेको छ । गितको भिडियोमा दुई युवक लेकमा घुम्न जाँदा एउटि तामाङनीलाई देखेपछी दुई साथिहरुले तामाङ्नी संग बिताएका पलहरुलाई देखाईको छ ।

दुई युवक अर्थात् अभिनय स्वयम आस्मान लोप्चन र सन्चारकर्मी प्रीतम तामाङले अभिनय गरेका हुन् भने ममता मोक्तानको भुमिका प्रमुख देखिन्छ ।

प्रितम तामाङ र आस्मान लोप्चनको यो तेस्रो सहकार्य हो । प्रितम र आस्मान यो सांगितिक क्षेत्रमा एक अर्कालाई भाग्यमानि ठान्दछन र भाग्यमानि साबित भईरहेको देखिन्छ । किनकी यो भन्दा अघिका सबै भिडियोहरु अत्यन्तै रुचाएका छन ।

पहिलो सहकार्य प्रेम लोप्चनको छुक छुके रैछ बाट सुरु भई बल्लपो तामाङको हुल उठेउ हुँदै अहिले लेकमा जाँदा बजारमा आएको छ ।

भर्खरै मात्र सार्वजानिक भयको गितको भिडियो बुद्ध लामाले निर्देशन गरेका छन ।

अहिले सम्म आस्मान लोप्चनको ५ वटा गित बजारमा आएको छ । पहिलो गित आस्यसङकि छोरी क्या राम्रि, हिमाल पारिको गाँउमा, नक्कलि गोरि ठिटिलाई , बल्लपो तामाङ हुल उठेउ र नयाँ गित लेकमा जाँदा हो । यी सबै गितको भिडियोको निर्देशन बुद्ध लामाले नै गरेका छन् ।

भिडियो हेर्न :
https://youtu.be/x1Hr9-CWqNk