चर्चित गायाक राजु लामा र जितु लोप्चन को “अन्कुशे माया” सार्बजनिक अभि र अनिता को चर्चाले शिखर चुम्यो

राजु लामा भन्ने बित्तिकै सबैको मनमा बस्न सफल एक चर्चित ब्यान्ड मङ्गोलियन हर्टका गायक सायद नचिन्ने सन्सारमै कमै होलान ।
गायक राजु लामा र गायिका जितु लोप्चनको आवाज मा सजिएको “अन्कुशे माया”बोलको गित मङ्सिर १५ गते सनिवार को दिन काठमाडौंको जोरपाटी स्थित एक कार्यक्रम सहित सार्बजनिक गरिएको छ । गित सार्बजनिक कार्यक्रम मा थुप्रै मिडियामा कर्मी हरु अनि चर्चित कलाकार हरु को बाक्लो उपस्तिथि थियो।

“अन्कुशे माया” मा शब्द अनि सङ्गीत चर्चित सेलो गायक तथा सङ्गितकार बिश्वो दोङको रहेको छ। सङ्गीत संयोजन दिपेश प्रधान को रहेको छ। यश गितमा भिडियो निर्देशन जिग्मे मिडिया का सुर्य लामाले गरेका हुन ।लामाले सम्पादन ,कलर,अनि भिडियोलाइ पनि खिच्ने काम गरेको हो। भिडियो मा अभि लामा र अनिता गोले को ससक्त अभिनय अनि नृत्य हेर्न सकिन्छ। अभि र अनितालाइ कोरियोग्राफार युद्द लामाले नचाएका हुन।

एत्ति खेर अभि र अनिता को चर्चा ह्वात्तै बडेको छ ।चर्चित गायक “राजु लामा” को गितमा अभिनय अनि नृत्य गर्न पाउनु हाम्रो भग्यको कुरा हो , राजु लामा को सनै देखिको फ्यान समेत रहेको अभि र अनिता ले कार्यक्रममा बताए ।

राजु लामा यति खेर मङ्गोलियन हर्ट को २५ बर्ष पुगेको उपलक्ष्यमा विभिन्न स्थान हरुमा कन्सर्ट हरु गर्दैमा एकदम बेस्त रहेको बताए। गित ,सङगित अनि भिडियो सबै राम्रो बनेको छ एकपटक सबैले हेरिदिनु भनेर अपिल समेत गरेका छन ।