नेपाल आईडल सागर आले र जितु लोप्चन को “प्रेमको साम्राज्य” मा पल को अभिनय

नेपाल आइडल सागर आलेको को प्रेमको साम्राज्य रिलिज भएको छ । सागर आले र तामाङ सेलोका चर्चित गायिका जितु लोप्चन को सुमधुर आवाज रेहेको यश गितमा सङ्गीत मनोज थापा मगर को रहेको छ भने सङ्गीत संयोजन फनिन्द्र राई को रहेको छ ।

गित मा अहिलेका चर्चित नायक पल शाहा को अभिनय देख्न सकिन्छ । पल शाहालाई साथ मिरा कार्किले दिएको छ ।

भिडियोलाई जिग्मे मिडिया का अध्यक्ष सुर्य लामा ले निर्देशन तथा सम्पादन कलर गर्नु भएको छ । अहिलेको चर्चित निर्देशक फराज अर्पन ले खिचेको हो र कोरियोग्राफी अभि लामा ले गरेको छ ।

सागर को यो भन्दा पहिले पल्ल घरकि कान्छी नानी ,गोरो भर्सेज गोर्खे, असारे महिना लगाएत का चर्चित गित हरु बजारमा चर्चाको शिखर मा रहेको छ।