मंसिर १३,
सञ्जय तामाङ, मेलम्ची ।

मेलम्ची नगरपालिका कृषि बिकास शाखाको समन्वय महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदार तथा अक्सफामको अर्थिक सहयोगमा आज कृषि औजारहरु कृषि समुहलाइ हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिका १२ मा रहेको ८ कृषि समुहहरुलाइ विभिन्न कृषि औजारहरु हस्तान्तरण गरिएको हो । महिला आत्मनिर्भरता केन्द्रका अध्यक्ष डोल्मा तामाङले नबोदित कृषि समूह ढकाल खहरे, बगैचा कृषि ससमुह, थाक्ले कृषि समूह तथा थाक्ले एकीकृत नमुना कृषि समुहमा बुधबार र गणेशस्थान कृषि समुह, चण्डेश्वरी कृषि समुह, सेती भुमी कृषि समुह र लामाटोल जैबिक कृषि समुहमा बिहिबार गरी ८ समुहमा करिब ८ लाख बराबरको कृषि औजारहरु बितरण गरिएको छ ।
औजारहरु बितरण संगै यसको सञ्चालन र सुरक्षाको बारेमा पनि जानकरी गराइएको छ । कृषि समुहहरुमा कम्बाईन थ्रेसर (धान तथा गहुँ झार्ने मेसिन) , स्प्रेयर मेसिन (औषधी छर्कने पम्प), कर्ण सेलर (मकै छोडाउने मेसिन), मिलेट थ्रेसर (कोदो कुट्ने मेसिन) तथा हजारी, लगायत ८ लाख बराबरको कृषि औजार बितरण गरिएको हो ।
कृषि औजार हस्तान्तरण कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्रका अध्यक्ष डोल्मा तामाङ तथा उपाध्यक्ष कल्पना चालिसेको साथमा मेलम्ची नगरपालिकाका कृषि प्राबिधिक शोभा चालिसे अक्सफामका जिबिकोपार्जन कार्यक्रम संयोजक शेखर गिरी महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम संयोजक उमेश नकर्मी, जिबिकोपार्जन कार्यक्रम अधिकृत ध्रुब सापकोटा, कृषि प्राबिधक सचिन्द्र यादब, अनुगमन तथा मुल्यांकन अधिकृत राजेन्द्र चौँलागाई लगायतको उपस्थिती रहेको थियो ।
कृषि औजार पाएपछि थोरै समयमा धेरै काम गर्न सकिने र कृषि उत्पादनमा सहयोग पुग्ने भएकाले समुहमा आबद्ध किसानहरु खुशी भएका छन् । यसरी थोरै समयमा धेरै काम गर्ने भएपछि बिशेषगरी महिलाहरुले बाँकी रहेको समय उत्पादनशिल क्षेत्रमा लगाउन सकिने भएकोले किसानहरुका लागी प्राबिधिक खेतीका लागी औजारहरु बितरण गरिएको मांकका अध्यक्ष तामाङले जानकारी दिनुभयो । साथै औजारहरुको उचित प्रयोग र संरक्षणमा ध्यानदिन आग्रह गर्नु भएको छ ।