तप्लिङ न्यूज ,

मिति २०७५ मंसिर ३ सिन्धुपाल्चोक 

सिन्धुपाल्चोक जिल्लाकै प्रशिद्ध धार्मिक मेला गौरति भिमसेन मेला मंसिर ७ गते बाट सुरु हुने भयको छ ।
दुई दिन सम्म चल्ने मेलामा बृहत् सास्कृतिक कार्यक्रम पनि हुने भयको छ । कार्यक्रममा राष्ट्रिय रुपमा ख्याति प्राप्त कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति हुनेछ ।

कार्यक्रममा राष्ट्रिय कलाकार चन्द्र सिं तमु, बिकु थोकर , लोकेन लामा, आस्मान लोप्चन , सुनिता लुङबा , छेवाङ डि स्याङबो , अनिल स्याङबो , प्रितम तामाङ , ओम तामाङ वाईबा , प्रदिप लामा , अमृत भारति र रोस्ना लुङबा सहितको प्रस्तुति रहने छ ।

हरेक बर्षझै यस बर्ष पनि भब्य र सब्य रुपमा सफल पार्न सम्पुर्ण तयारि भैसकेको गौरति भिमसेन बिकास मञ्चका अध्यक्ष वाङगेल लामाले बाताउनु भयो ।

सिन्धुपाल्चोक जिल्लाको सदमुकाम चौतारा बाट पैदल यात्र गर्दा समेत अादा घण्टामा पुग्ने मेलामा गाडिको बेबस्था पनि रहेको छ । गौरति भिमसेन मेलालाई संरक्षण गर्न सके गौरति मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।