तिप्लिङ न्यूज,
मिति २०७५ कार्तिक २१ काठमाडौ 

गायक तथा रचनाकार जीवन बोम्जनको विलकुलै नयाँ गित डुम्जिको मेला र शेर्पिनि अजि दुई वटा फरक गित सार्वजनिक भएको छ ।

“डुम्जिको मेला” बोलको गितमा आङदामु शेर्पाको शब्द जिबन बोम्जन स्वर रहेको छ भने संगित र संगित संयोजन जोगलाल लामाले गरेका हुन ।
यो गितको स्टुडियो भिडियो बनेको छ जुन भिडियो अनिल स्याङ्बोले छयांकन गरेका छन । यस गितको भिडियोलाई गोल्चे सन्चार एच डि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो गित कार्तिके औंशिको दिन गुम्बामा पुजापाठ सहित लाग्ने जात्रा मेलामा एकाअर्कालाई जिस्काउदै ख्याल ठट्टा सहितको शब्दहरुमा गाईने गित हो । भिडियो यस्तो छ ;

अर्को गित भने “शेर्पिनी आजि” मा ल्हासाङ घ्लानको शब्दमा स्वर संगित बोम्जनको रहेको छ । भिडियोलाई दिपक तामाङले निर्देशन गरेका हुन भने छयांकन तथा सम्पादन बिक्रम मोक्तानले गरेका हुन । सो गितको भिडियोमा ल्हासाङ घ्लान र याङ्गी दोङले अभिनय गरेका छन् । गितको म्युजिक भिडियोलाई डम्फु मिडियाको युट्युब च्यानलबाट हेर्न सकिने छ । भिडियो हेर्न ;