सञ्जय तामाङ, कार्तिक १७,२०७५
मेलम्चीमा खुल्ला रक्त्तदान कार्यक्रम २०७५ सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक शाखाको प्राबिधिक सहयोगमा मेलम्ची ब्याडमिन्टन क्लब, प्रगति अंग्रेजी मा. बि., मेलम्ची कम्युनिटी मा. बि., सिन्धु बिकास बैक, इन्द्रावती क्याम्पस मेलम्ची, इन्द्रेश्वरी मा.बी. मेलम्ची र राधा माधब समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समाजसेवाको उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य मनोज कुमार थापाको प्रमुख आतिथ्यतामा भएको हो । बिहान ८ बजे मेलम्चीको हेलम्बु बसपार्कमा सुरु भएको कार्यक्रममा दिउँसो २ बजे सम्ममा सञ्चालन भएको थियो  । कार्यक्रममा  ८९ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक श्याम खड्काले जानकारि दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, समाजसेबी लगायत इच्छुक महनुभाबहरुको रक्तदान गरेका थिए ।