तिप्लिङ न्यूज ,
मिति २०७५ कार्तिक १६ काठमाडौं
पछिल्लो समय चर्चामा रहेको गायक तथा संगीतकार योगेश लामाले तामाङ सेलो आस्याङकी छोरी बोलको गीत बजारमा ल्याएपछि झनै चर्चा बढेको छ ।
सबै खाले गित गाउन सक्ने क्षमता भयको गायक योगेशले अहिले सम्म तामाङ सेलो , लोक दोहोरि र आधुनिक गित बजारमा ल्याईसकेका छन । कुटु कुटु खाईरन्छ मुटु , तामाङ ठिटो मत हजुर र आस्याङकि छोरी जस्ता उत्कृष्ट गित योगेश लामाकै हुन ।
पछिल्लो गित आस्याङकि छोरि रामकृष्ण लो ले लेखेका हुन ।योगेश लामाको आफ्नै संगीत रहेको उक्त गीतमा चर्चित गायिका शशिकला मोक्तानले साथ दिएकि छिन।
आस्याङको छोरा र आङीको छोरीलाई सोल्टा सोल्टिनी भन्ने चलन रहेको छ । गीतमा आस्याङकी छोरीलाई घरजम गर्न फकाइरहेको हुन्छ । तर आस्याङकी छोरीले उमेर नपुगेको र एक्लै जिन्दगी रमाइलो हुने गीतामा प्रस्तुत गरिएको छ ।
पवन वाङ लामाको एरेन्ज रहेको सोही गीतमा विश्वास भन्डारीको छायाँङ्कन तथा सम्पादन रहेको छ । केशव कोइरालाको निर्देशन र अनिल भुजेलको नृत्य निर्देशन रहेको उक्त भिडियोमा छिरिङ लामा र मिङमा डोमा शेर्पाको अभिनय रहेको छ ।
भिडियो ।