ऋतिक नेपाल गजल-बताउ आमा र श्रीमती मा के फरक छ

267

गजल

बताउ आमा र श्रीमती मा के फरक छ
पुरूष आगो अनी रति मा के फरक छ

नारीहरू यहीकुरा गर्छन् होला एकान्तमा
तिम्रो पती र मेरो पती मा के फरक छ

दाईजो नपाउँदा जिउँदै जल्नु पर्छ यहाँ
हालको नारी त्यो युगकी सती मा के फरक छ

मायाँले बोलाउँछु लाउँछौ अमिलो बचन
प्रिया तिमी र त्यो कागती मा के फरक छ

एक सब्दले निको पार्छ मुटु भित्रको घाउ
तिम्रो मिठो बोली र ओखती मा के फरक छ

ऋतिक नेपाल , सिन्धुपाल्चोक स्याउले