तिप्लिङ न्यूज ,
मिति २०७५ कार्तिक १५ काठमाडौं
तामाङ सेलो जगतकै चर्चित युवा गायक विशाल काल्तानको अर्को तामाङ सेलो भाका म त गाउछुनि सेलोमा गित सार्वजानिक भयको छ ।
विशाल काल्तानको आफ्नै शब्द संगित र स्वर रहेको गितलाई को म्हेन्दो मिडिया हाउसको युटुब च्यानल बाट सार्वजानिक गरिएको हो ।
ज्ञानेन्द्र तामाङ र लमिन लामा अभिनित भिडियोलाई सुनिल मोक्तानले निर्देशन गरेका छन ।
गितमा च्याङबा र मैच्याङको बारेमा मात्रै नभई सब्दको माध्यमबाट फापरे सेलो म्हेन्दोमाया र खान्दोके सेलोलाई पनि प्राथमिक्त दिईएको पाइएको छ ।
तामाङ सेलो गित संगितलाई माथि पुराउन र जगेर्ना गर्न आफु सधै लागि परिरहनेछु बताउछन विशाल काल्तान । अहिले सम्म नेपालि चलचित्र, तामाङ चलचित्र र एल्बमका गितहरु गरेर दुई सय भन्दा माथि गितमा विशालले आफ्नो सुमधुर स्वर दिसकेका छन ।