तिप्लिङन्यूज
मिति २०७५ कार्तिक ८ काठमाडौं
बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका भएकोले असोज १६ देखि बागमती अञ्चलका लागि मोटरसाइकल दर्ता रोकिएको थियो ।
‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको थियो ।
नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने तयारी भइसकेकोेले संशोधित नियमावली एक दुई दिनभित्रै राजपत्रमा सूचना प्रकाशित गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो ।
प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता भएपछि लट परिवर्तन गरिन्छ । सोहीअनुसार बागमती अञ्चलमा दर्ता संख्या १० हजार पुगिसकेको छ । अब लट नम्बर १०० नै भएर आउने र ३ अंकको लट नम्बरमा अब निरन्तर अघि बढ्ने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले जानकारी दिनुभयो ।