तिप्लिङ न्यूज
मिति २०७५ कार्तिक ५ सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका याङ्लाकोटबाट, जलबिरे हुँदै बाह्रबिसे गइरहेको मिनी ट्रक आज विहान पौने ११ बजे तिर भैंसे भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।
दुर्घटनामा परि बाराको जितपुर उप-महानगरपालिका स्थायी घर भएका अन्दाजी ५२/५३ वर्षका लुते तामङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै तिब्र गतिमा गुडीरहेको बा ४ ख ९०१७ नम्बरको मिनी ट्रक चौतारा साँगाचोकगढि नगरपालिका वडा ९ स्थित भैंसेको मोडमा घुमाउन खोज्दा अनियंत्रित भई सडकमै पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार घाइतेहरुमध्ये गम्भिर ९ जनालाई थप उपचारका लागि काठमाडौ पठाईएको छ भने अन्यलाई उपचारर्थ खाडीचौर लगिएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार दुर्घटना भएलगत्तै चालक भने फरार भएका छन् । सामान अनलोड गरी फर्किएको मिनि ट्रकमा याङलाकोट तथा जलबिरेबाट दसैंको आफन्त भेटघाटमा आएका र फर्किएका यात्रु रहेका थिए ।