तिप्लिङ न्यूज ,

मिति २०७५ असोज २३ सि.पा

श्री फ्याफुल्ला युवा क्लबको आयोजनामा यहि कार्तिक १ गते दशै विशेष सास्कृतिक कार्यक्रम हुने भयको छ ।

हरेक बर्ष दशै तिहार र ल्होछार जस्तो नेपालिहरुको महान चार्ड पर्वलाई मनोरञ्जनात्मक बनाउन र संस्कार संस्कृतिको जगर्ना गर्न कार्यक्रम गरेको क्लबको उपाध्यक्ष एवम कार्यक्रम संयोजक विमल तामाङले बताएका छन ।

कार्यक्रम यहि मिति २०७५ कार्तिक १ गते नवमिको दिन बलेफि गाउपालिका वडा नम्बर ४ फुल्पिङ डाडा सिन्धुपाल्चोकमा हुनेछ ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु विश्व दोङ , शोभा त्रिपाठी , प्रयास दोङ , आस्मान लोप्चन ,पुजा तामाङ र होम सुबेदिको बेजोड प्रस्तुति रहनेछ । साथमा गाउपालिका स्तरिय भलिबल प्रतियोगिता र भाग्य शालि चिठ्ठा कार्यक्रम पनि हुनेछ । माधव सापकोटा सुबोदको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रममा केदार क्षेत्रि विशेष अतिथि हुनेछ ।

कार्यक्रम सबै तयारि भईसकेको जानकारि पनि श्री फ्याफुल्ला युवा क्लबले दियका छन ।