तिप्लिङ न्यूज
मिति २०७५ असोज २३ काठमाडौं 

बक्स अफिस म्युजिक भिडियो अवार्डको उत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड पुजा तामाङले पाएकि छिन ।

ढलक्कै जवानी ढल्कियो भन्ने गित बाट गायिका पुजा तामाङले अवार्ड पयको हो ।
पुजा तामाङको अहिले सम्म दर्जन भन्दा बढि गितहरु बजारमा आईसकेको छ । सिन्धुत पाल्चोक हाम्रो गाउँ , ढलक्कै जवानी ढल्कियो , एला मिला ईसारासे , मेरो सिरैमा सिरबन्दि , छोडिजानु थियो भन्ने गितहरुले पुजालाई चरचित बनाएको छ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङडाडामा जन्मेकि गायिका गितसंगितलाई नै मुख्य पेशा बनाएर अघि बढिरहेकि छिन ।

बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड भव्यरुपमा हालै थाइल्याण्डमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा २ हजार भन्दा बढी विभिन्न गीत तथा सांगीतिक क्षेत्रका स्रष्टालाई सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अथितिमा थाइल्याण्डका लागि नेपाली रजदूत लेखराज अधिकारी रहेका थिए । अवार्डबाट सम्मानित हुने स्रष्टाहरुलाई अथितिको रुपमा कार्यक्रममा सहभागी भएका कन्सुलर कृपाराम रिजाल, एनआरएनए जापान अध्यक्ष आशाजित अवाले र प्रतिज्ञा राई लगायतले १ सय ३० विधाका विभिन्न विजेता कलाकारलाई अवार्डसतिह सम्मान गरेका थिए ।

एकै थलोमा चलचित्रका गीत, लोक गीत, आधुनिक गीत, पप गीत, तीज गीत, मोफसल तथा विदेशबाट सहभागीतका जनाएका गीत तथा विभिन्न भाषाभाषी गीतका श्रष्टाहरुलाई अवार्डद्वारा सम्मान गरिएको हो । अवार्ड वितरणकै क्रममा थाइल्याण्डमा मैत्रीपूर्ण फुटबलको आयोजना समेत गरिएको थियो । त्यसो त नेपाली सांगीतिक बजार एक किसिमले सानो गाउँदेखि शहर हुँदै विदेशी भूमिमा समेत स्थापित भइसकेको छ ।